भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
भरतपुरमा फेरि पछि परिन् रेणु, चितवनका ७ मध्ये ६ मा एमाले अगाडि
चितवन । अत्याधिक चासोको भरतपुर महानगरपालिकामा प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल फेरि पछि परेकी छिन् । एमालेका उम्मेदवार देवी ज्ञवालीले ८० मतको अग्रता लिएका छन् ।
एमालेका ज्ञवालीको ५ सय ३१ मत छ । माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणुले ४ सय ५१ मत पाएकी छिन् । सोमबर मध्यरातमा केही समयको अग्रता लिएकी रेणु मंगलबार बिहान फेरि पछि परेकी हुन् ।
चितवनमा भरतपुर महानगरसहित सातमध्येका ६ तहमा एमाले अगाडि छ । इच्छाकामना गाउँपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment