• Breaking News

    Friday, May 5, 2017

    यी हुन् ४० कटेसी रमाएका नेपाली कलाकार (पढ्नुस उहाँहरुको बारेमा)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    यी हुन् ४० कटेसी रमाएका नेपाली कलाकार (पढ्नुस उहाँहरुको बारेमा)

     काठमाडौं, वैशाख २२ – यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् । दर्जनौँ सिनेमामा अभिनय गरेका पवनले सिनेमा ‘पिंजडा’ निर्माण गरेर निर्माताको रुपमा पनि आफूलाई चिनाएका छन् ।
     एक पटक सिनेमा ‘दिदी बहिनी’को छायांकनको समयमा दुर्घटनामा परेर घाइते भएका मैनाली त्यस समयदेखि राम्रोसँग हिड्न र बोल्न सक्दैनन् । यहि कारण उनी केही समय अघि देखि एक बृद्धाआश्रममा बस्दै आएका थिए ।

    लक्ष्मीसँग विवाह गरेपछि भने उनी कपनस्थित घर फर्किएका छन् । ५२ वर्षिय पवनले २२ वर्ष कान्छी लक्ष्मीसँग विवाह गरेका हुन् । पवनको मात्र होइन बढी उमेरमा विवाह गर्ने अन्य कलाकारहरु अरु पनि छन् ।


     हरिवंश आचार्य
    बाध्यताले गरेको भएपनि बुढेसकालमा विवाह गर्ने कलाकारमा पर्छन् हरिवंश आचार्य पनि । पहिलो श्रीमती मीराको निधन भएपछि कलाकार हरिवंश आचार्यले बुटवलकी रमिला पाठकसँग दोस्रो विवाह गरेका हुन् ।
     हरिवंश दोस्रो विवाह गर्ने समयमा ५४ वर्षका थिए । ५४ वर्षका उनले १० वर्ष कान्छी रमिला पाठकसँग २०६९ सालको असारमा विवाह गरेका हुन् । यी दुईको विवाहमा लमीको काम अभिनेत्री बसुन्धरा भुषालले गरेकी थिईन् ।

    रमिला र हरि दुवैको दोस्रो विवाह हो । पहिलो विवाहबाट रमिलाका एक छोरा छन् भने हरिका दुई छोरा छन् । अहिले रमिलाका छोरा अस्ट्रेलियामा ईन्जिनियरिङ गरिरहेका छन् । त्यस्तै हरिवंशका दुईवटा छोरा मध्ये जेठा छोरा त्रिलोक अमेरिकाको गुगल कम्पनीमा कार्यरत छन् । कान्छा छोरा मोहित नेपालमै व्यवसाय गरेर बसेका छन् ।


     मिथिला शर्मा
    नेपाली सिनेमाकी दिग्गज अभिनेत्री हुन् मिथिला शर्मा । अहिले पनि उनको क्रेज उस्तै छ जबकी उनले अभिनय गर्न थालेकै दशकौँ भएको छ । अभिनयबाट सबैकी प्रिय बनेकी मिथिलाले पनि बुढेसकालमा विवाह गरिन् ।
     ५० वर्षको उमेरमा ७४ वर्षका मोतीलाल बोहोरासँग उनले २०७१ सालमा विवाह गरेकी हुन् । मोतीलाल बोहोरा पूर्व प्रहरी महानिरीक्षक हुन् । पहिलो पत्नीको निधन भएको एक वर्ष पछि उनले मिथिलासँग लगनगाँठो कसेका थिए । मिथिलाले लामो समयसम्म नृत्यागंना र निर्देशक भएर नेपाल पुलिसमा काम गरेकी थिईन् । यहि क्रममा यी दुई नजिकिएको बताईन्छ ।


    राजेश हमाल
    अभिनेता राजेश हमालले पनि बुढेसकालमै विवाह गरे । नेपाली सिनेमाका महानायक उनले २०७१ साल जेठ १० गते मोडल मधु भट्टराईसँग लगनगाँठो कसेका हुन् । २०७१ सालको जेठ २६ गते ५० वर्ष पुग्ने उनले १० गते विवाह गरेका हुन् । बुढेसकालमा विवाह गरेका हमाल पछिल्लो समय सन्तान नजन्माएका कारण चर्चामा छन् ।


     शिव श्रेष्ठ
    अभिनेता शिव श्रेष्ठले दुई पटक विवाह गरे । उनले पहिलो पटक २०२८ सालमा गंगादेवी श्रेष्ठसँग विवाह गरेका थिए । पहिलो दाम्पत्य जीवन असफल भएपछि उनले चितवनकी सृजना श्रेष्ठसँग दोस्रो विवाह गरे । पहिलो विवाहबाट चार छोरी र एक छोरा भएका शिव दोस्रो विवाहबाट पनि एक छोराका पिता बनेका छन् । तर उनलाई दोस्रो विवाहले पनि मन भरिएन । यहि कारण उनी दोस्रो श्रीमती हुँदाहुँदै भक्तपुरकी एक युवतीसँग प्रेममा परेका थिए । उनको यो प्रेमले नेपाली सिने जगतमा केही वर्ष अघिसम्म निकै तहल्का मच्चाएको थियो । बुढेसकालमा प्रेममा परेका शिवको दोस्रो विवाह पनि बुढेसकालमै भएको हो । दोस्रो विवाह गर्दा उनी ४५ देखि ५० को हाराहारीमा भएको बुझिन्छ ।


     मनिषा कोइराला
    अभिनेत्री मनिषा कोईरालाले पनि जीवनको चार दशक काटेपछि विवाह गरिन् तर त्यसलाई निरन्तरता दिन सकिनन् । बलिवुडकी नम्बर वान अभिनेत्रीको परिचय बनाएकी उनले ४० वर्षको उमेरमा नेपालका व्यापारी सम्राट दाहालसँग सन् २०१० मा विवाह गरेकी हुन् । २०१० मा भएको उनीहरुको विवाह २०१२ मा सकियो । मनिषा र सम्राटको विवाह काठमाण्डौमै भएको थियो ।


     छविराज ओझा
    निर्माता छविराज ओझाले पनि जीवनको चार दशकमा १८ वर्ष कान्छी रेखा थापासँग विवाह गरेका थिए । विवाहको दश वर्षमा यी दुई एकअर्कासँग अलग भए । छवि रेखासँग विवाह गर्ने समयमा ४० कटिसकेका थिए ।
     हिले ५५ लाग्दा पनि उनको जवानी भने उस्तै छ । तन बुढो भएपनि उनको मन बुढो भएको छैन । त्यसैले त आफूभन्दा आधा उमेर कान्छी अभिनेत्री शिल्पा पोखरेलसँग लगनगाँठो कस्ने सोचमा छन् । -उज्यालो अनलाइन




    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture