भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
काठमाण्डौ महानगरपालिकाको राति १० बजेसम्मको मतगणनाअनुसार नेकपा एमालेको अग्रता कायमै
काठमाडौँ, ३ जेठ । काठमाण्डौ महानगरपालिकाको राति १० बजेसम्मको मतगणनाअनुसार नेकपा(एमाले)को अग्रता कायमै छ ।
प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य दुई हजार ५२ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले एक हजार १८० मतले पछ्याइरहनुभएको छ ।
त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले ८९२ मत र साझा पार्टीका किशोर थापाले ६४१ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले एक हजार ५५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले एक हजार २५८ मत प्राप्त गरेकोे मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
हालसम्म कुल पाँच हजार ९३६ मतगणना गरिएको छ । रासस
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment