• Breaking News

    Thursday, May 4, 2017

    साइकलमा च्वावनप्रास बेच्ने रामदेब यसरी चम्किए

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    साइकलमा च्वावनप्रास बेच्ने रामदेब यसरी चम्किए


     हरियाणा। बाबा रामदेवद्वारा पतंजलीका नाममा स्थापना गरिएको व्यापारले वर्षेनी दश हजार करोड रुपैयाँ भन्दा धेरैको व्यापार गर्छ।  केही दिन अगाडि दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा रामदेवले यसको खुलासा गरेका थिए।

    दृढ इच्छा शक्ति भयो भने मानिसले कसरी सफलता हासिल गर्न सक्छ भन्ने कुराको उदाहारण बाबा रामदेव हुन्।  त्यही दृढ इच्छाशक्तिका कारण बाबा रामदेवले आज पतंजलीलाई सफलताको शीखरमा पुर्याएका छन्।

    रामदेव सुत्ने,उठने, खाने, बस्ने सबै कुरा सेड्युल अनुसार नै हुन्छ। उनी विहान सबेरै उठेर योग सिकाउँछन्।  उन जहाँ गएपनि योग सिकाउन बिर्सिँदैनन्। विहानको खाजापछि उनी पतंजलीको मोनिरटिङ गर्छन।  रामदेवले हातले बनाएका कपडा मात्र लगाउने संकल्प गरेका छन्। सुरुवाती दिनमा बाबा रामदेव हरियाणामा साइलमा राखेर च्यावनप्राश बेच्ने गर्थे।  रामदेव हरियाणाको महेन्द्रगढ जिल्लाका सैद अलिपुर गाउँका बासिन्दा हुन्।

    उनको बाल्यकाल हरियाणाको महेनद्रगढ जिल्लाको सैद गाउँमै बित्यो। उनी दश वर्षको हुँदा उनको मन खेल्ने कुरामा लाग्दैन थियो। उनी सुरुदेखि नै गाउँमा कहिलेकाँही हुने योग शिविरमा जाने गर्थे। योग शिविरमा उनको उमेरका बच्चा कमैमात्र आउँथे। त्यही कारण उनको संगत आफूभन्दा ठूला व्यक्तिसँग हुन पुग्यो।

    योगप्रति लगावका कारण एक दिन उनले आफ्नो घर छोडेर ऋषिकेश जाने निर्णय गरे। बाबा रामदेश त्यतिबेला घर घरमा चर्चित हुन पुगे, जतिबेला उनले टेलिभिजन र योग शिविरमार्फत योगका विषयमा प्रवचन दिन थाले।

    यतिबेला रामदेबले हरियाणाको एक सानो गाउँबाट निस्केर देशकै सबैभन्दा ठूला योग गुरुको पहिचान बनाएका छन्। उनका पतंजलीको उत्पादन र पतंजली योगपीठ आज भारतमात्र नभएर विश्वमै चर्चित छ। पतंजलीको मुख्यालय हरिद्वारमा रहेको छ।

    पतंजली आयुर्वेदले ठूला शहरमा फ्रेन्चाइजीमार्फत आफ्नो उत्पादन बेच्न सुरु गर्यो। रामदेबले व्यापारको सिलसिलामा सस्मेटिकदेखि हरेक प्रकारका घरेलु उत्पादन सुरु गरेका छन्।

    रामदेबले आचार्य बालकृष्ण विना पतंजलीको उन्नती संभव नहुने बताएका छन्। रामदेब र बालकृष्णको भेट १९९० को दशकमा भएको हो। जतिबेला यी दुवै एक गुरुकुलमा पढ्दै थिए। यी दुवै किसानका छोरा हुन्।

    त्यसपछिको अध्ययनकालागि रामदेब र बालकृष्ण हिमालय गए जँहा रामदेवले योगमा आफ्नो ध्यान केन्द्रित गरे भने बालकृष्णले आयुर्वेदमा आफ्नो ध्यान केन्द्रित गरे। १९९४  उनीहरुले आफ्नो ट्रस्टको स्थापना गरे।  जहाँ एक अस्पताल, आयुर्वेदिक उपचारसँग सम्बन्धित विश्वविद्यालय र एक आश्रम संचालन गरे।

    उनीहरुले योग शिविर संचालन गर्दै आयुर्वेदिक पद्धतिमार्फत मानिसको निशुल्क उपचार गर्न थाले। यसअघि उनीहरुले आयुर्वेदिक उत्पादनकालागि कारखानासमेत स्थापना गरेका थिए। त्यही बेला रामदेबले आफ्नो योगाभ्यासको टेलिभिजनबाट प्रशारण सुरु गराए। त्यसपछि योग मानिस मानिसमा पुग्यो।

    २००६मा जब रामदेब र बालकृष्णले पतंजलीको स्थापना गरे। २००९ मा हरिद्वारभन्दा २० माइल टाढा १५० एकड जमिनमा आयुर्वेदिक कारखानाको स्थापना गरे।

    यो दश वर्षको बीचमा  रामदेब र बालकृष्णले पतंजलीको व्यापारलाई ५ हजार करोडसम्म पुर्याएका छन्। यही आर्थिक वर्षभित्र यसलाई दश हजार करोडसम्म पुर्याउने लक्ष्यलाईसमेत उनीहरुले भेटाएका छन्।













    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture