• Breaking News

    Thursday, May 18, 2017

    जाँदाजाँदै प्रचण्डको अलोकप्रिय निर्णयः टीकापुरमा प्रहरीलाई जिउँदै जलाउनेलाई उन्मुक्ति

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    जाँदाजाँदै प्रचण्डको अलोकप्रिय निर्णयः टीकापुरमा प्रहरीलाई जिउँदै जलाउनेलाई उन्मुक्ति

     काठमाडौँ, ४ जेठ । सरकारबाट बहिर्गमन हुँदै गर्दा प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्डले टीकापुर हत्याकाण्डका अपराधीहरुलाई चोख्याउने अलोकप्रिय निर्णय गरेका छन् ।

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्ने निर्णय गरी त्यसमा संलग्नहरुविरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को यो निर्णयपछि कैलाली नरसंहारका योजनाकार रेशम चौधरी लगायत टीकापुरमा प्रहरीलाई जिउँदै जलाउने र भाला रोपेर हत्या गर्ने सबैले उन्मुक्ति पाउने भएका छन् । यसैगरी, मधेश आन्दोलनका क्रममा भएका जघन्य मानवअधिकार उल्लंघन घटनाका दोषीले पनि राजनीतिक आवरणमा उन्मुक्ति पाउने भएका छन् ।

    सरकारले थरुहट र मधेश आन्दोलनका क्रममा अपराध कर्ममा परी जेल परेका र फरार रहेकाहरुको मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

    थरुहट आन्दोलनका क्रममा दुई बर्ष अघि आन्दोलनकारीले प्रहरीलाई घेरबन्दी गरेर लखेटी लखेटी एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या गरेका थिए । टीकापुर नरसंहारका मुख्य योजनाकार रेशम चौधरी अहिले पनि प्रहरीको फरार सूचीमा छन् । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नयाँदिल्लीमा चौधरीलाई भेटेपछि चर्को आलोचना भएको थियो ।

    टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीलाई नयाँ दिल्लीस्थित ताज होटलमा भेट्दै प्रधानमन्त्री प्रचण्ड

    कैलाली घटनाका दोषीहरुलाई चोख्याउने शर्तमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार दिन अघि मात्रै मन्त्रिपरिषद्मा सामेल भएका थिए ।

    अधिकारकर्मी विकास बस्नेत भन्छन् – ‘यो विधिको शासनको ठाडो उल्लंघन हो । अपराधिक कार्यलाई राजनीतिक लेपन लगाइँदा लोकतन्त्र झनै कमजोर हुन्छ ।’

    Source: DainikNepal.com

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture