• Breaking News

    Monday, May 8, 2017

    जितु नेपालको पहिलो म्युजिक भिडियो सार्वजनिक..... हेर्नुहोस् (भिडियोसहित)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    जितु नेपालको पहिलो म्युजिक भिडियो सार्वजनिक..... हेर्नुहोस् (भिडियोसहित)

     काठमाडौं, वैशाख २५ – दर्शक हँसाउनमा माहिर कलाकार जितु नेपालले पहिलो पटक ‘पिरतीको चश्मा’ बोलको म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

    युवा हाँस्य व्यङग्यकार राजा राजेन्द्र पोख्रेलको गीतमा जितु नेपालले जीवनकै पहिलो म्युजिक भिडियोको रुपमा काम गरेका हुन् ।  जितुले राजा राजेन्द्र पोख्रेल आफूलाई मन पर्ने हाँस्यकलाकार तथा प्यारो भाइ भएका कारण उनको गीतमा खेल्न तयार भएको हामीलाई बताए ।  जितुलाई पहिले पनि म्युजिक भिडयोहरुमा खेल्ने अफर नआएको भने हैन । तर उनले म्युजिक भिडियो खेल्न खासै चासो देखाएनन् । यो भिडियोमा भने आकर्षण भन्दा पनि साथी भाइलाई सहयोग गर्ने हेतुले उनले काम गरेका हुन् । आफूलाई एकदमै मन पर्ने हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले राम्रो गीत गाएका रहेछन् भन्दै उनले गीत मन परेका कारण यसमा काम गरेको बताए ।

    यस गीतमा जितुलाई सेलिब्रेटीकै भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा जितु नेपालका साथै नायक प्रथम खड्का, स्मारिका ढकाल लगायतको अभिनय छ ।
    राजुबाबु श्रेष्ठको शब्दमा राजनराज सिवाकोटीले संगीत भरेका छन् । राजा राजेन्द्रले गाएको यो गीतमा राजन ईशानले संगीत संयोजन गरेका छन् । नृत्य प्रधान भिडियोका निर्देशक माईकल चन्द हुन् ।
    उज्यालो र forseenetwork.com को सहकार्य

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture