• Breaking News

    Monday, May 8, 2017

    चुनाव नजिकिए लगत्तै खरो रुपमा उत्रिए चन्दका कार्यकर्ता, आजदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    चुनाव नजिकिए लगत्तै खरो रुपमा उत्रिए चन्दका कार्यकर्ता, आजदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा

     कैलाली । नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलाली जिल्लामा आजदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ ।अखिल क्रान्तिकारीले शुल्क वृद्धिविरुद्ध वैशाख २२ गते संयुक्त विद्यार्थीको आन्दोलनका क्रममा भएको तोडफोड र प्याब्सनका पूर्वअध्यक्ष आरसी यादवलाई अभद्र व्यवहारमा संलग्न भएको विषयलाई लिएर सेती अञ्चल ब्युरो इन्चार्ज बिमल धामी र कैलाली सहसचिव रमेश साउँदविरुद्ध जिल्ला प्रहरी कार्यालयमा झुटो मुद्दा लगाई पक्राउ गरेको भन्दै शैक्षिक आम हडतालको घोषणा गरेको अखिल क्रान्तिकारीका कैलाली उपाध्यक्ष झलक विश्वकर्माले जानकारी दिनुभएको छ ।

    पक्राउ परेका आफ्ना विद्यार्थी नेताको कुनै पनि संलग्नता नहँुदा नहुदै रिहाइ गर्नुको सट्टा उल्टो बाहनाबाजी गर्दै रिहाइ नगरिएकाले आजदेखि शैक्षिक हडतालको घोषणा गरिएको आइतबार जारी गरिएको विज्ञप्तिमा जनाएको छ ।

    कैलाली प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले कैलाली सहसचिव रमेश साउँदलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको तर अञ्चल ब्युरो इन्चार्ज धामीलाई भने पक्राउ नगरिएको दाबी गर्नुभएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture