• Breaking News

    Saturday, May 13, 2017

    आमाको मृत्युपछि बिरामी बच्चालाई अस्पतालमा नै छाडेर बुबा फरार

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    आमाको मृत्युपछि बिरामी बच्चालाई अस्पतालमा नै छाडेर बुबा फरार

    दाङ, ३० बैशाख – अस्पतालमा वेवारिसे अवस्थामा छोडिएकी नवजात शिशुको उपचारपछि तुलसी हस्पिटल प्रालिले आफन्तको जिम्मा लगाएको छ ।

    वैशाख १८ गते विहान नवजात शिशु लिएर आएका बुबा हर्षबहादुर बर्मले अस्पतालमा छोडेर गएपछि सम्पर्कविहिन भएपछि अस्पतालले उपचार गरिदिएको थियो ।

    गत बैशाख १७ गते राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रसुतिसेवा लिन आएकी तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निबासी ३४ बर्षीया कमला बर्मलेको शिशु जन्मेको केहि समयमै अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको थियो ।
    राप्ती अञ्चल अस्पतालमा बच्चा जन्मिने बित्तिकै आइसीयुको सुविधा नभएको भन्दै नर्सले नजिकै रहेको तुलसी हस्पिटलमा शिशुलाई लैजान भनेपछि वुवा हर्षले अस्पतालमा लगेर छोडेर फरार थिए ।

    ‘बच्चा जन्मीने बित्तिकै रुनुपर्छ तर बच्च रोएन, रुनु भनेको स्वास लिनु हो, डाक्टर किशोर खत्रीले भने, ‘हामीले बच्चा पाउँदा निलो भइसकेको थियो । त्यही भएर तत्कालै उपचार सुरु गरयौं ।’आइसीयुमा राखेर कृत्रिम स्वासप्रस्वास दिएपछि दुई दिन पछि बच्चा होसमा आएको डाक्टर खत्रीले बताए ।

    शिशुको तौल सवा तीन किलो भएको र स्वास्थ्य अवस्था पनि राम्रो भएको अहिले अस्पतालले बताएको छ । बच्चाको उपचारका लागि आइसीयु र औषधिमा लागेको ८० हजार रुपैयाँ खर्च अस्पताले बेहोर्ने डाक्टर किशोर खत्रीले बताए । शिशु पुनः बिमारी भएमा अस्पताले निःशुल्क उपचार गरिदिने बताएको छ ।

    अस्पतालमै पत्रकार सम्मेलनको आयोजना गरेर अस्पताल संचालक समेत रहेका डाक्टर खत्रीले शिशुका वुवा हर्षबहादुर बर्मलेलाई १३ दिनसम्म उपचार गरेर हस्तान्तरण गरेका हुन् ।

    नवजात शिशु उनीहरुको चौँथो सन्तान हुन् । यसअघि कमलाले तीन छोरीको जन्म दिइसकेकी थिइन् । शिशुलाई अस्पतालमा छोडेर दुई दिन सम्म अभिभावक सम्पर्कविहिन भएकाले पालनपोषणमा कतै कमी हुन्छ कि भन्ने चिन्ता डाक्टर खत्रीलाई लागेको छ ।

    यद्यपि बुबा हर्षबहादुरले श्रीमतिको काजक्रिया गर्नु पर्ने भएकाले आउन नभ्याएको बताएका छन् । ‘बच्चा लिएर भर्खर आएको थिएँ अंचल अस्पतालबाट छिट्टो आउनुस् भन्ने फोन आयो बच्चालाई छोडेर जाँदा श्रीमतिको मृत्यु भइसकेको रहेछ, उनको काजक्रिया गर्दा ढिला भयो,’ हर्षबहादुरले भने ।

    छोरा र छोरीमा कुनै विभेद नगरेको भन्दै उनले राम्रोसंग पालनपोषण गर्ने बताएका छन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture