• Breaking News

    Monday, May 8, 2017

    राप्रपा बाहिरिँदा गच्छदारलाई लट्री : तीन मन्त्रालयसहित आज सरकारमा सहभागी हुँदै

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    राप्रपा बाहिरिँदा गच्छदारलाई लट्री : तीन मन्त्रालयसहित आज सरकारमा सहभागी हुँदै

     काठमाडौं, बैशाख २५– नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदार सरकारमा जाने निश्चित भएको छ । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आज बसेको केन्द्रीय सम्पादन समिति र संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।


    प्रधानमन्त्री प्रचण्डसँग भएको सहमतिअनुसार गच्छदारले उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पाउने छन् ।

    यसको साथै पार्टीले संस्कृति तथा पर्यटन मन्त्रालय र भूमिसुधार मन्त्रालय पनि पाउने भएको छ ।

    यसमा को जाने भन्ने टुंगो लागेको छैन ।

    तीनवटै मन्त्रालय यसअघि राप्रपाले पाएको थियो ।

    गच्छदारको सपथग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा साढे ५ बजेको लागि तय गरिएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture