भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
कालिकोटमा मतपत्रसहितको ब्यालेट बक्स विप्लव पार्टीले जलायो, स्थिति तनावग्रस्त !
राजेश भण्डारी
काठमाडौं, वैशाख ३१– कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविको एक थान मतपेटीका नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले जलाएको छ ।
निर्वाचन सम्पन्न भएपछि मतपेटीका प्याक गरेर गणना स्थल तर्फ लाने तयारी गर्दै गर्दा अचानक ठुलो संख्यामा आएका नेत्र विक्रम चन्द (विप्लव) का कार्यकर्ताले जनमतसहितको ब्यालेट बक्स जलाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले जानकारी दिए ।
‘नन्दादेवी मावि मतदान केन्द्रको एउटा मतपेटीका जलाएका छन्’ रातोपाटीसँग टेलिफोनमा कुरा गर्दै प्रजिअ सुवेदीले भने, ‘गणनास्थलतर्फ लैजाने तयारी गर्दै गर्दा अचानक घेरेर आगो लगाए ।’ अहिले सो स्थानमा दोहोरो भिडन्त भइरहेको छ ।
प्रहरी स्रोतकाअनुसार विप्लव समूहले मतपेटीका जलाउन थालेपछि मतदान अधिकृतसहितका सरकारी अधिकारीहरु भागेका थिए ।
विप्लव पार्टीका क्रान्तिकारी विद्यार्थी केन्द्रीय सदस्य नरेन्द्र विश्वकर्माले सुरक्षामा खटिएको प्रहरी निर्वाचन अधिकृतलाई लिएर भागेको र सेनाको टोलीलाई आफूहरुले नियन्त्रणमा राखेको टेलिफोन गरी जानकारी दिएका छन् ।
साविकको माल्कोट गाविसमा मतपेटिका कब्जा गर्ने क्रममा सुरक्षाकर्मीसँग केहीबेर झडप पनि भएको र झडपमा परी ६ जना घाइते भएको विश्वकर्माले बताए ।
कालीकोटमा आइतबार भएको स्थानीय तहको निर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment