• Breaking News

    Saturday, May 6, 2017

    फेसबुकमा लभ परेर होटल बोलाइएकी युवती आफ्नी बुहारी परेपछि…

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     फेसबुकमा लभ परेर होटल बोलाइएकी युवती आफ्नी बुहारी परेपछि…

     सामाजिक सञ्जाल लभ अफेयर चलाउने गतिलो साधन भएको छ । कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् । कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ ।
    तर, चीनमा एउटा यस्तो घटना भएको छ, अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुराबुहारी पो परेछन् । एकआपसमा भेट्दा यी दुबै जना लाजले पानी पानी मात्रै हुनु परेन्, बाबुले छोराको कुटाइसमेत खानुपरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
    घटना चीनको हेलोगजियांग प्रान्तको हो । यी ससुरा र बुहारी दुबैले आफ्ना पति पत्निलाई झुक्काएर च्याट गर्थे । दुवै जनाले आफ्नो नाम र फोटो समेत बदलेका थिए । अनजानवश च्याटमा भएको भेट र कुराकानी माया प्रेममा परिणत हुन थाल्यो ।
    यसो त ५७ बर्षीया वांगलाई अनलाइनमा साथी बनाउने र च्याट गर्ने लत नै थियो । वांग आफ्नै बुहारीसँग कुरा गर्दा आफू एउटा कम्पनीको निर्देशक भएको भनेर ढाँटथे, श्रीमतीको मृत्यु भइसकेकाले आफू एक्लै भएको ती महिलालाई बताउथें ।
    बुहारी लिली पनि के कम ? उनी आफ्नो श्रीमान जेलमा रहेकाले छोरासँग मात्रै बस्दै आएको बताउँदै आएकी थिइन् । हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो । पछि फोटो पठाउने कुरा भयो । अनि दुबै जनाले आफ्ना साथीका राम्रा फोटो पठाइदिए । फोटो हेरिसकेपछि दुबैजनाले बेलुकी स्थानीय होटेलमा ६ बजे भेट्ने तय गरे । लिली र वांगबीच होटेलमा भेट्ने तय भएकै दिन लिलीका श्रीमान यात्राबाट घर पर्किए । उनले च्याटबारे सबै जानकारी पाएपछि दुबैलाई रंगेहात समात्न होटलतिर लागे । लिली जब होटेलमा गएर कोठा ढकढकाईन् त्यसपछि ढोका खोल्दा आफ्नै ससुरा पो परेछन् । पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको को चक्करमा प्रहरीले सासुबुहारीलाई केरकार गरिरहेको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture