• Breaking News

    Monday, May 8, 2017

    देउवा सरकारमा सिट सुरक्षित गर्न ‘दुई हप्ते मन्त्री’ बने गच्छदार

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    देउवा सरकारमा सिट सुरक्षित गर्न ‘दुई हप्ते मन्त्री’ बने गच्छदार

     २५ बैशाख, काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति कार्यान्वयन गर्ने हो भने प्रधानमन्त्री प्रचण्डले जेठको पहिलो साता सत्ता छाड्नुपर्छ । तर, त्यसको दुई साता अघि ‘सदाबहार मन्त्री’ विजय गच्छदारले भने सत्तारोहण गरेका छन् ।

    सोमबार फोरम लोकतान्त्रिक प्रचण्ड नेतृत्वको सरकारमा उप्रधानसहित तीन मन्त्री लिएर सहभागी भएको छ ।
    गच्छदार उपप्रधान तथा स्थानीय विकासमन्त्री बनेका छन् । उनी १२ औं पटक मन्त्री भएका हुन् भने उपप्रधानमन्त्रीका रुपमा उनको यो चौथो सरकार हो ।

    केपी ओली नेतृत्वको सरकारमा पनि उपप्रधानमन्त्री रहेका गच्छदार सुरुमा नै प्रचण्ड सरकारमा जान चाहन्थे । प्रचण्डले आश्वासन पनि दिएका थिए । तर, उपप्रधानमन्त्री नपाएपछि गच्छदार गएनन् । सरकारमा जानुपर्छ भन्दै जितेन्द्र देव लगायतका नेताहरुले दबाव दिए र पार्टीको विवाद उत्कर्षमा पनि पुग्यो ।
    तर, विभिन्न कारणले गच्छदारको सत्तारोहण टर्दै गएको थियो । चुनावको मुखमा
    प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगलाई कारण बनाएर राप्रपा सरकारबाट बाहिरिएपनि फेरि गच्छदारको दिन सुरु भएको छ ।

    उसो त कमल थापा बाहिरिएपनि सरकारसँग बहुमत थियो । यो विस्तार आवश्यक थिएन । तर, शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नु अघि संविधान संशोधन गर्ने प्रधानमन्त्री प्रचण्डको इच्छा छ । र, त्यसका लागि दुई तिहाई जुटाउन प्रयासरत उनले शनिबार गच्छदारलाई बोलाएर मन्त्री पद प्रस्ताव गरे ।

    दुई साताकै लागि किन नहोस् गच्छदार तयार भए । उनले आफूले उपप्रधान तथा स्थानीय विकास मन्त्रालय लिएका छन्, जुन कमल थापाले लिएका थिए ।

    फोरमबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री बनेका छन् । देवले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र दहितले भूमि सुधार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्ने र संविधान संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता आएपछि सरकारमा जाने निर्णय भएको बताए । उनको यो भनाइ त औपचारिक तर्क मात्र हो ।
    नेताहरुका अनुसार गच्छदार अब बन्ने देउवा सरकारमा सिट सुरक्षित गर्न चाहन्छन् । त्यही योजना अनुसार दुई साताकै लागि भएपनि प्रचण्ड सरकारमा गएका हुन् ।

    फोरम लोकतान्त्रिक निकट स्रोतले भन्यो, ‘एजेण्डा त भन्ने कुरा हो । देउवा सरकारमा सहभागिता रहने सुनिश्चित भएपछि अध्यक्ष सरकारमा जानु भएको हो ।’

    यदि अहिले प्रचण्ड सरकारमा नजाने हो भने देउवा सरकारमा के होला भन्ने अवस्था नभएको स्रोतको दाबी छ ।

    किनकी राप्रपा मात्र होइन, मधेस केन्द्रित दलहरु पनि देउवा सरकारमा जाने सम्भावना खुला नै छ । त्यस्तो अवस्थामा गच्छदार छायाँमा पर्ने सम्भावना छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture