• Breaking News

    Sunday, May 14, 2017

    दोलखामा वितण्डा मच्चाउने को हुन् डिएसपी रविक कार्की ?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    दोलखामा वितण्डा मच्चाउने को हुन् डिएसपी रविक कार्की ?  

     प्रहरीले प्रहरी प्रधान कार्यालयको हैन, बालुवाटार–बूढानिलकण्ठको संयुक्त आदेश मान्दा शान्ति सुरक्षाको हविगत के हुन्छ भन्ने कुरा डिएसपी रवीन कार्कीले चरितार्थ पारेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको प्रहरी प्रमुखका रुपमा उनले सम्हालेको कमाण्डअन्तर्गत आइतबार सम्पन्न पहिलो चरणको मतदानका क्रममा सबभन्दा बढी तनाव झेल्यो, पूरै जिल्लाले ।

    आइतबार अपराह्न मतदानका क्रममा मेलुङ गाउँपालिकास्थित पोवटी बुथमा डम्बरबहादुर भुजेलको प्रहरी गोलीका कारण निधन भएको छ । त्यसअघि तामाकोशी गाउँपालिकाको भन्नेचौरस्थित अमर मावि मतदान केन्द्रमा एमालेबाहेकलाई प्रवेश दिने कामको अगुवाई उनै डिएसपी रवीन कार्कीको निर्देशनमा भएको थियो । जहाँ नेविसंघ महामन्त्री कुन्दन काफ्ले आफैँ सशरिर उपस्थित भएर आक्रमणमा संलग्न थिए । एमालेबाट गाउँपालिका प्रमुखका प्रत्यासी ईश्वरचन्द्र पोखरेलहरुले मतदान केन्द्र छोडेर हिँड्नुपर्ने बाध्यताका कारण पनि उनै डिएसपी थिए ।

     बैत्येश्वर गाउँपालिका वडा नम्बर १ को विष्णु प्रावि गैरीमुदी, वडा नम्बर २ को जनज्योती मावि गैरीमुदी, तामाकोशी गाउँपालिकाको वडा नम्बर २ को अम्मर मावी झुले, वडा नम्बर ३ को कालापानी जफे, वडा नम्बर ३ कै जमुने हेल्थपोपट जफेमा काग्रेस र माआवादी केन्द्रको गठबन्धनले हतियार देखाउदै मतदाता लखेटेर बुथ कब्जा गरे । यो पनि उनकै कमाण्डको सुरक्षाकर्मीको करामत थियो ।

    तामाकोसीकै कालापानी बुथमा झडप भयो । एमालेका २ नम्बर वडाध्यक्ष उम्मेद्वार परशु कार्की र जिल्ला कमिटी सचिवालय सदस्य जीवस घाइते भए । तामाकोशीको सहरेमा पनि फायरिङ्ग भएपछि मतदान स्थगित भयो । मेलुङ गाउँपालिकाको मेलुङ बुथमा पनि झडप भयो ।
    यी ‘बहादुरी’ कथाका नायक हुन्, डिएसपी रवीन कार्की ।

    आखिर को हुन् त रवीन कार्की ?
    नेपाल प्रहरीमा २०५८ सालमा असईमा भर्ना भई ०६१ सालमा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर उत्तीर्ण कार्की भक्तपुर जिल्लाका बासिन्दा हुन् । मध्यम परिवारका सदस्य उनी मुलुकमा शाही शासन चलेको मौका छोपेर सहज परीक्षाविधिबाट इन्स्पेक्टर बनेका थिए । त्यसबेला दबारियाहरुको शक्ति लगाएर प्रहरीमा भर्ना भएका हुन् । तर, यतिबेला उनी गणतन्त्रकै ‘ठेकेदारी’ चलाउने माओवादी अध्यक्ष पुष्पकमल दाहालका मतियार बनेका छन् ।

    दोलखा प्रहरी प्रमुखका रुपमा सरुवा हुनुअघिसम्म उनी प्रधानमन्त्री पुष्पकमलको निजी सुरक्षा सहयोगी (पिएसओ) का रुपमा कार्यरत थिए । उनी त्यसअघि इन्स्पेक्टर छँदा पनि प्रचण्डको सुरक्षा टोलीमा खटिएका व्यक्ति हुन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनका बेला उनी पुष्पकमलकै कृपाले तनहुँमा थिए, इप्रका इञ्चार्जका रुपमा । प्रहरी कार्यसम्पादन मूल्यांकनअनुसार कम नम्बर भएका उनी ०६१ सालमा इन्स्पेक्टर भएका व्याचीमध्ये तेस्रो पटकको बढुवामा परेर एक वर्षअघिमात्र डिएसपी भएका हुन् ।
    पारिवारिक पृष्ठभूमि कांग्रेस, जागिर खान शक्ति लगाएको दरबारियाको र अहिले प्रचण्डको गतिलो आज्ञापलक बनेका उनले दोलखामा देखाएको ताण्डवमा यी सबै पृष्ठभूमि प्रतिबिम्बित छन् ।

    हेडक्वार्टरको हप्की
    प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय निर्वाचन सेलले आइतबार दोलखा घटनाका क्रममा पटक पटक डिएसपी कार्कीलाई अलर्ट गर्यो । हवाई फायर नखोल्न र शान्तिपूर्ण मतदान कार्य व्यवस्थापन गर्नका लागि उनले हेडक्वार्टर निरन्तर निर्देशन दिइरह्यो । तर, त्यहाँबाट उनलाई फोनमा आदेश दिने डिआइजीलाई उल्टै जवाफ फर्काए, ‘हजुरको पावरले मलाई आदेश दिएको पुगेन सर ।’ अर्थात्, उनलाई डिआइजीभन्दा पनि माथि, अझ प्रहरी महानिरीक्षक (आइजिपी) भन्दा पनि माथिको आदेश लागेको रहेछ । को हो, आइजिपीभन्दा माथिको आदेशकर्ता ? बुझ्न कठिन छैन । बालुवाटार–बूढानिलकण्ड हेडक्वार्टरले रहेछ यी डिएसपी चलाउने ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture