• Breaking News

    Friday, May 12, 2017

    ‘साइँली’ पछि कालिप्रसादको अर्को गीत, कथा पनि वैदेशिक रोजगारीकै,फेरी बन्यो सामाजिक संजालमा भाइरल (भिडियो)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस




    ‘साइँली’ पछि कालिप्रसादको अर्को गीत, कथा पनि वैदेशिक रोजगारीकै,फेरी बन्यो सामाजिक संजालमा भाइरल (भिडियो) 

     हालसालै चर्चित ‘साइँली’ बोलको गीतका लेखक तथा संगीतकार कालिप्रसाद बास्कोटाको नयाँ गीत सार्वजनिक भएको छ। सरल शब्द, सरस धुन र सुहाउँदो गायकी छान्न सक्ने खुबी भएका कालिले साइँलीमा जस्तै ‘तिलहरी’ गीतमा पनि वैदेशिक रोजगारीकै कथा समातेका छन्।

    साइँली गीतमा युवक विदेश जाने अघिल्लो रातदेखि विदेश गइसकेपछिको कथा समेटिएको थियो भने यसमा विदेश जाने पक्का भएपछि उड्नुअघिको तीन दिनको कथा भनिएको छ। साइँलीमाजस्तै यो गीतका लेखक र स‌ंगीत कालि नै हुन्।

    उनी गीत लेख्छन्, धुन तयार पार्छन् र आफैं गाउँछन् पनि। ‘हिट’ मा पनि उनी कुनै विधामा तलमाथि पर्दैनन्। रेशम फिलिली, ठमेल बजार, नीर जैले रिसाउनीजस्ता हिट गीतमा उनको लेखकीय, संगीत र गायकी खुबी प्रस्तुत भइसकेको छ। संगीत मात्र दिएका हिट गीत त थुप्रै छन्। लेखेका र संगीत मात्र दिएका तर अरुले गाएर हिट भएका गीत पनि छन्। जस्तो- पछिल्लो उदाहरण हो साइँली। साइँलीमा जस्तै उनले गायनमा अरुलाई नै सुम्पेका छन्। मनिष ढकालको स्वर सुन्न पाइने यो गीत कालि र मनिषको दोस्रो सहकार्य हो। करिब दुई वर्षअघि ‘परदेशी नभन’ बोलको गीतमा कालिले मनिषका लागि शब्द र धुन तयार पारिदिएका थिए।

    गीतमा कालिसँग सहकार्य गरेजस्तै मनिषले भिडियोमा भने निर्देशक निकेश खड्कासँग दोस्रो सहकार्य गरेका छन्। परदेशी नभनपछि उनीहरुको यो नयाँ सहकार्य हो। त्यतिबेला निकेशले निर्देशक निश्चल बस्नेतलाई अभिनय गराएका थिए भने तिलहरीमा रेशम फिलिली, लुट २, पलाँसजस्ता फिल्मबाट अभिनय कौशलता प्रस्तुत गरिसकेका कामेश्वर चौरसिया र रंगमञ्चबाट फिल्म अभिनयतिर मोडिँदै गरेकी लक्ष्मी बर्देवालाई जोडीको रुपमा प्रस्तुत गरेका छन्।



    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture