• Breaking News

    Friday, May 19, 2017

    बिहे गरेको बर्षदिनमा बिधुवा ४५ दिनको छोरो टुहुरो, प्रत्यक्षदर्शी भन्छन सशस्त्रका वद्रीधारीले गोलि हाने भिडियो

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


     इनस्पेक्टर

    बिहे गरेको बर्षदिनमा बिधुवा ४५ दिनको छोरो टुहुरो, प्रत्यक्षदर्शी भन्छन सशस्त्रका वद्रीधारीले गोलि हाने भिडियो 

     सनक इनस्पेक्टरका कारण चुनावको पूर्वसन्ध्यामा काभ्रे को मा निहत्था नवराज पाठकले ज्यान गुमाएका छन् । बिनागल्ती राज्यकै गोलीबाट उनले ज्यान गुमाए । 
    घर चुनाव स्थल बाट टाढा थियो । खाना खाएपछि चार जना साथी घर नजिककै चौतारामा गफ गरेर बसिरहेका थिए । चुनावमा सशस्त्र प्रहरीको गाडीले गस्ती गरिरहेको थियो । राति किन समूह बाँधेर बसेको भन्दै इन्स्पेक्टर मल्लले सोधे । उनीहरुले आफूहरु त्यत्तिकै बसेको बताए । उनीहरुबीच सामान्य विवाद भयो । इन्स्पेक्टर मल्लले आफ्नो पेस्तोल निकालेर चौतारामा बसेका पाठकमाथि फायर गरे । टाउकोमा गोली लागेका नवराजको मृत्यु भयो ।

    अझै पनि यो फटा इन्स्पेक्टर लाई कारबाही भएको छैन, कारवाही नगर्न आलटाल गरिँदै छ। यो दण्डहीनता कहिले सम्म? बर्दीको दुरुपयोग कहिले सम्म ?

    यस्तै केही गुण्डा पुलीसको कारण समग्र पुलीस प्रसाशनको बदनाम भइरहेको छ, र न्याय दिनुपर्ने निकायकै आलटाल र दण्डहीनताको कारण समग्र देशकै बेइज्जत भइरहेको छ।
    आज जनता हैरान छन् ।पीडीतको आँसु नै सुकिसकेको छ। नेपाली जनताले न्यायको लागि अब कसको ढोका ढकढक्याउने ?

    सबै राजनैतिक दल, मानबाधिकारकर्मी, नागरिक समाज, र संबंधित सबै मिली राज्य माथी पीडकलाई कर्वाही र पीडितलाई न्याय र क्षतिपूर्तिका निम्ति दबाब सिर्जना गरौ




    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture