भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
नेपाल 'वान बेल्ड वान रोड'को सदस्य बनिरहँदा भारतद्धारा सम्मेलन नै बहिस्कार
काठमाडौँ । नेपाल 'वान बेल्ड वान रोड' (ओबिओआर)को सदस्य बनिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने ओबिओआर सम्मेलन नै बहिस्कार गरेका छन्।
आइतबार बिहानबाट चीनमा सुरु भएको ओबिओआर सम्मेलनमा कोही पनि भारती राजनीतिक दल तथा सरकारी अधिकारी सहभागी भएका छैन्।
यो सम्मेलनमा नेपालसँगै प्रभावशाली मुलुक अमेरिका,रुस बेलायत, जर्मनी, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत उच्चस्तरिय प्रतिनिधि सहभागी छन्। सम्मेलनमा प्रभावशाली मुलुक सहभागी सहभागी भइरहँदा भारतसँगै भूटानले पनि यो सम्मेलन बहिस्कार गरेको हो।
'बेल्ट एन्ड रोड' अवधारणाको प्रमुख अंग रहेको पाकिस्तान-चीन आर्थिक करिडोर निर्माणप्रति भारतले आफ्नो असहमति जनाएको हो।
शनिबार राती भारतीय बिदेश मन्त्रालयले वक्तव्य जारी गर्दै 'बेल्ट एन्ड रोड' अवधारणा समावेसीमुलक नरहेको, भारतसँग बिनापरामर्श अवधारणा सुरु गरेकोलगायतका आरोप लगाएको छ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment