• Breaking News

    Saturday, May 13, 2017

    काठमाण्डौमा मतदान गर्न नपाएपछि करिश्माले पोखिन् श्रीमानसँग आक्रोश

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    काठमाण्डौमा मतदान गर्न नपाएपछि करिश्माले पोखिन् श्रीमानसँग आक्रोश








    नायिका करिश्मा मानन्धरले काठमाण्डौबाट मतदान गर्न नपाएपछि पति विनोद मानन्धरमाथि आक्रोश पोखेकी छिन् । नयाँ शक्ति नेपालकी केन्दि्रय सदस्य करिश्माले पति विनोद मानन्धरले आफूहरुका लागि गरेका हरेक कुरालाई ‘कृपा’ मान्नुपर्ने भन्दै आक्रोश पोखेकी छिन् ?

    उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्-‘विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहना हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमी नै मालिक बन तर केही कुरा सहन सकिदैन ।’

    करिश्माले आफ्नो मतदाता नामाबली काठमाण्डौमा नभई राजबिराजमा पुगेपछि आक्रोश पोखेकी हुन् । पति विनोदले लाजिम्पाटबाट भोटिङ कार्ड लिदा आफ्नो र छोरीको मात्र बनाएको तर आफ्नो नबनाइदिएको समेत उनले उल्लेख गरेकी छिन् ।

    उनले अगाडि लेखेकी छिन्-‘हामी लाजिम्पाटमा बस्छौ । आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ । तर उहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी संझिनु भएन । मैले उहाँलाई यो बिषयमा सोधेँ, तर वास्ता गर्नु भएन । म आफै गएर ३ घन्टा लाइन बसेर रजिस्टर गरेँ । बसाई सराइको कागज थिएनँ, त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजबिराजको हो, न त म त्यहाँ कैले बसेके छु । कसरी गएर भोट दिने ? अरु सबै कुरामा उ मेरो मालिक होला, तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएनँ ।’


    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture