• Breaking News

    Saturday, May 13, 2017

    न जोडी, न दिदी भाइको सम्बन्धः यी दुईबिचको सम्बन्ध थाहा पाउँदा चकित पर्नुहुनेछ तपाईं

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    न जोडी, न दिदी भाइको सम्बन्धः यी दुईबिचको सम्बन्ध थाहा पाउँदा चकित पर्नुहुनेछ तपाईं  

     बैशाख ३० – चीनियाँ सोसल मिडिया विबोमा लिउ एलिनका ७५ हजारभन्दा बढि फलोअर्स छन् । उनको फिगर र अनुहारबाट प्रभावित भएर उनका एक प्रशंसकले लिउको फोटोसहित एक आर्टिकल नै प्रकाशित गरिदिए जसका कारण उनी संसारको लाखौं मानिसहरुको नजरमा छाइन् । फोटोमा २२ वर्षका एक पुरुषसँग रहेकी लिउ न त उनकी दिदी हुन्, न नै प्रेमिका । वास्तवमा, लिउ उनकी आमा हुन् ।
    फिगर देखेर उमेरको अन्दाज गर्न मुश्किलः
    चीनको हिनान प्रान्तमा सन् १९६८ मा लिउको जन्म भएको थियो ।


    ४९ वर्ष भइन् भन्छिन् तब कसैले पनि उनलाई विश्वास गर्दैनन् । जब विश्वास गर्छन् तब उनीजस्तै जवान देखिनका लागि टिप्स माग्न थाल्छन् ।
    व्यवसायिक रुपमा लाइब्रेरियन रहेकी उनी अब रिटायर्ड भइसकेकी छिन् । आफ्नो सुगठित शरिर र चम्किलो छालाको क्रेडिट दैनिक व्यायामलाई दिन्छिन् ।


     लिउका अनुसार जब उनी आफ्ना छोरासँग बाहिर घुम्न जाँदा सबैले उनलाई उनकी प्रेमिका सम्झिन्छन् ।
    लिउ भन्छिन्, ‘म अहिले पनि आफूलाई १५ वर्षीया किशोरी जस्तै महसुस गर्छु ।’
    मेकअप गर्दिनन् लिउः
    आफ्नो सुन्दर र स्वस्थ छालाका लागि लिउ कस्मेटिकको सहारा लिँदिनन् । उनी निकै कम मेकअप गर्ने बताउँछिन् ।


    लिउ पछिल्लो ३० वर्षदेखि लगातार व्यायाम गरिरहेकी छिन् । उनलाई स्विमिङ गर्न निकै मनपर्छ । चिसो महिनामा पनि उनी पौडी खेल्न बन्द गर्दिनन् ।
    यसका साथै लिउ लिफ्टिङमार्फत आफ्नो शरिरलाई सुगठित बनाउँछिन् ।
    आइरहेछन् फिल्ममा अफरः


     जबदेखि उनका प्रशंसकले उनको फोटो सोसल अकाउन्टमा सेयर गरेका छन् । उनलाई थुप्रै निर्माता निर्देशकले आफ्नो फिल्ममा अभिनय गराउन चाहेका छन् ।
    लिउ ८० को उमेरसम्म यस्तै जवान देख्न चाहने बताउँछिन् ।


     लिउले अरु महिलालाई पनि व्यायाम गरेर आफूलाई सुन्दर बनाउन अपिल गरेका छन् । उनका अनुसार फिट हुँदा भित्रैदेखि आत्मविश्वास आउने गर्दछ ।


    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture