• Breaking News

    Friday, May 19, 2017

    पहिलो चरणको चुनाव सकिए लगत्तै चर्चित डन चक्रे मिलन र दीपक मनाङेसहित ५० जना रिहा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    पहिलो चरणको चुनाव सकिए लगत्तै चर्चित डन चक्रे मिलन र दीपक मनाङेसहित ५० जना रिहा 


     काठमाडौँ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सकिए पछि दोस्रो चरणको निर्वाचनसम्म तारेखमा रहने गरी गुन्डा नाइके चक्रे मिलन र दीपक मनाङेसहित पचास जना रिहा भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार उनीहरुलाई रिहा गरेको हो ।

    दोस्रो चरणको निर्वाचन समयावधीभर प्रहरीको निगरानीमा रहने महानगरीय प्रहरी परिसरले जनाएको छ । स्थानीय निर्वाचनको सुरक्षामा खलल पुर्‍याउनसक्ने भन्दै नाइके गुन्डा दिपक मनाङ्गे, चक्रे मिलनसहित करिब ५० जना गुन्डालार्इ वैशाख तेस्रो साता काठमाडौं प्रहरीले पक्राउ गरेको थियो ।

    वैशाख २४ गते दीपक मनाङ्गे पक्राउ परेका हुन् भने त्यसको ठीक दुर्इ दिनपछि वैशाख २६ गते अर्का डन चक्रे पक्राउ परेका थिए । पहिलो चरणको निर्वाचनपूर्व पक्राउ परेका ५० जनालार्इ नै प्रहरीले तारेखमा छाडेको हो ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture