भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भयंकर कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै यो कठिन अवस्था अनिश्चितकालसम्म लम्बिने बताएका छन् । माेदीले वुद्ध पूर्णीमाको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालको राजनीतिक अस्थिरतामाथि टिप्पणी गरेका हुन् ।
मोदीले हिन्दी भाषामा सम्बोधन गरेको भिडियो समेत युटुवमा सार्वजनिक भएको छ । ३१ मिनेट ११ सेकेन्डको भिडियोको सुरुवातमै नेपालबारे टिप्पणी गरिएको छ । मोदीले भनेका छन्, ‘आज हामी यसरी एक ठाउमा जम्मा भएका छौँ । यो त्रिकोण हो, त्रिवेणी हो । बुद्धले सम्बोधी प्राप्त गरेको दिनको सम्झनामा बुुद्ध पूर्णीमा दिवस मनाउँदै छौँ । जस धर्तीमा भगवान् बुद्धको जन्म भयो । उ हाम्रो प्यारो नेपाल अहिले भयंकर ठूलो संकटबाट गुज्रिरहेको छ । यो यात्रा कति भयंकर हुन्छ त्यसको कल्पना गर्न कठिन छ ।’
मोदीले अगाडि भनेका छन्, ‘कति लामो समयसम्म नेपालका पीडित बन्धुहरुले यस यात्रासँग जुध्नु पर्ने हो । यसको समेत अन्दाज गर्न कठिन छ ।’ यद्यपि, भगवान् बुद्धले जो करुणाको सन्देश दिनु भएको छ । विश्वका मानव जातीका लागि त्यो करुणाको जीउने एक मौका हुनेछ, मोदीले सम्बोधनमा भनेका छन् ।
उनले अगाडि उल्लेख गरेका छन्, ‘त्यही करुणाबाट प्रेरित भई नेपालका पीडित बन्धुहरुका दुःख, दर्द बाडँनु छ । आँशु पुछ्नु छ । र, उनीहरुलाई समेत एक नयाँ शक्ति प्राप्त होस् । यसका लागि पनि हामी आज भगवान् बुद्धको चरणमा परेर प्रार्थना गरिरहेका छौँ ।’ मोदीले नेपाल अाेबीअाेअारमा जाेडिनुलाई राम्राे मानेका छैनन् । शुक्रबार मात्रै नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेकाे छ । भारतले ओबीओआरमा हस्ताक्षर नगर्न दबाब दिँदै आएको थियो ।
शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाश शरण महतको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदाश बैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले ओबीओआरको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment