• Breaking News

    Wednesday, May 17, 2017

    भरतपुर महानगरपालिका: एमालेले निकाल्यो विजय जुलुस,

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    भरतपुर महानगरपालिका: एमालेले निकाल्यो विजय जुलुस,


     भरतपुर, ३ जेठ । चार वटा महानगरपालिकामा मतगणना जारी भए पनि यतिबेला सबैको ध्यान भरतपुर महानगरपालिकाले खिचेको छ । खासगरि, मेयरको उम्मेदवार बनेकी प्रधानमन्त्री पुत्री रेणु दाहाललाई जिताउन काँग्रेस र माओवादीबीच गठबन्धन बनेदेखि नै यहाँ धेरैले चासोको रुपमा हेरेका छन् । माओवादी र काँग्रेसले गठबन्धन बनाए भने नेकपा एमाले, राप्रपा लगायतका अन्य दलहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् ।

    काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि छन् । वडा नम्बर दुईको मत गन्दासम्म देवी ज्ञवालीले ३८७० मत पाएका छन् । माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहाल १४ सय मतले पछाडि छिन् । उनले २४६१ मत पाएकी छन् ।

    उपमेयरमा पनि एमालेको अग्रता कायमै छ । उपमेयरमा एमालेकी दीब्या शर्माले ३३१३ र कांग्रेसकी पार्वती शाहले २९७१ मत पाएकी छन् ।

    एमालेले भर्खरै दुई नम्बर वडाको वडाअध्यक्ष जितेको छ । वडा नम्बर दुईका एमालेका अध्यक्षका उम्मेदवार पूर्णबहादुर श्रेष्ठ ५७२ मत बढी ल्याएर विजयी भए । उनले १९२६ मत ल्याए भने काँग्रेसका उम्मेदवारले १३५४ मत पाए । विजयी सुरुवात गरेपछि एमालेले भरतपुरमा विजय जुलुस निकालेको छ । जुलुसमा नेकपा एमालेका नेताहरु पनि सहभागी भए ।

    यसअघि वडा नम्बर एकमा काँग्रेसका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका थिए । गठबन्धनका कारण आफ्नो भोट पाएर काँग्रेसले वडा अध्यक्ष जिते पनि मेयरको उम्मेदवारलाई भने अन्तरघात गरेको माओवादी केन्द्रको आरोप छ । काँग्रेस कार्यकर्ताले जुलुस निकाले पनि गठबन्धनमै रहेको माओवादी जुलुसमा सहभागी भएन ।


    काँग्रेसले अन्तरघात गरेका कारण रेणु १४ सय भन्दा बढी भोटले पछाडि परेको भन्दै माओवादी र काँग्रेसबीच भरतपुरमा खटपट सुरु भएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture