• Breaking News

    Thursday, May 18, 2017

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    मतगणनास्थल पुगेकी रञ्जु दर्शनाले भनिन्– मेयर पक्का जित्छु ! (भिडियो)


    काठमाडौं, जेठ ५–काठमाडौं महानगरपालिकाको मतगणनाका क्रममा तेश्रो स्थानमा रहेकी विवेकशील नेपाली दलबाट मेयर पदकी उम्मेदवार रञ्जु दर्शनाले आफू मेयरमा निर्वाचित हुने दाबी गरेकी छन् । 
    काठमाडौं महानगरपालिकाको मतगणना स्थल राष्ट्रिय सभा गृहमा भेटिएकी उनले अपेक्षा गरे अनुसार मत प्राप्त भइरहेको भन्दै आफू पहिलो स्थानमा पुग्ने विश्वास रहेको बताइन् ।
    ढिलो मतगणनाबाट आफू दिक्क भएको बताउदैँ अन्तिम नतिजाको पर्खाइमा रहेको उनले बताइन् ।
    पछिल्लो मत परिणाम अनुसार उनले ४ हजार ३ मत प्राप्त गरेकी छिन् । दोश्रो स्थानमा 
    रहेका नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ६ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् ।
    यस्तै पहिलो स्थानमा रहेका एमालेका बिद्यासुन्दर शाक्यले १० हजार ४ सय १७ मत प्राप्त गरेका छन् ।
    हेर्नुहोस भिडियोः

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture