• Breaking News

    Saturday, May 13, 2017

    आचारसंहितको उल्लङ्घन गर्दै रु. १५ करोड बाँड्ने सरकारको निर्णय, रकम पाउनेमा रेशम चौधरी पनि

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    फाईल फोटो

    आचारसंहितको उल्लङ्घन गर्दै रु. १५ करोड बाँड्ने सरकारको निर्णय, रकम पाउनेमा रेशम चौधरी पनि 

     बैशाख ३०, काठमडौ। सरकारले मतदानको दुई अघि निर्वाचन आचारसंहितको ठाडो उल्लङ्घन गर्दै राज्यको ढुकुटीबाट १५ करोड भन्दा बढी रकम बाँड्ने निर्णय गरेको छ।

    मुलुक निर्वाचनमा होमिएको बेला सरकारले टीकापुर घटनाको क्षतिपुर्ति स्वरुप साडे १५ करोड दिने निर्णय गरेको हो। मन्त्रपरिषद् बैठकले २०७२ भदौ ७ र ८ गते थारु समुदायका ब्यक्तिहरुको जलाइएका घर, पसल, उद्योगको क्षतिपूर्ति दिने निर्णय गरेको उद्योगमन्त्री नविन्द्रराज जोशीले जानकारी दिए। उनका अनुसार स्थानीय प्रशासनले पहिचान गरेको करिब १५ करोड रुपैयाँ क्षतिपूर्ति दिने सरकारले निर्णय गरेको हो।

     घटनामा थारु समुदायले चलाउँदै आएको फूलवारी रिसोर्ट, फूलवारी एफएम, निरु ट्रेडर्स, मीरा फर्निचर, थारु कल्याणकारिणी सभाको कार्यालयलगायतमा आगजनी गरिएको थियो। फूलवारी रिसोर्ट र फूलवारी एफएम टिकापुर घटना पछि फरार रहेका रेशम चौधरीको हो।

    यस्तै सरकारले नेपाली सेनाको संरचना परिवर्तन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको हो।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली सेनाको राष्ट्रिय सेवा दलमा पुरानो दरवन्दी यथावत राखी ३४० जनालाई समायोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

    बैठकले २ नंम्बर सहितका प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने सम्वन्धमा अध्ययन गरी ५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्न उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदारको संयोजकत्वमा रक्षामन्त्री बालकृष्ण खाँड र कानूनमन्त्री अजयशंकर नायक सदस्य रहेको समिति गठन गरेको छ।

    नागरिकन्युजबाट

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture