• Breaking News

    Saturday, May 13, 2017

    मतदान सुरू भएलगतै चितवनमा प्रधानमन्त्रीले मत खसाले, सोधियो- कांग्रेसलाई मत हाल्नु भो?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    मतदान सुरू भएलगतै चितवनमा प्रधानमन्त्रीले मत खसाले, सोधियो- कांग्रेसलाई मत हाल्नु भो?

      काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनबाट मतदान गरेका छन्। उनी चितवनका मतदाता हुन्। मतदान सुरू भएको पहिलो क्षणमा उनले मत खसालेका हुन्।

    भरतपुर महानगरपालिकाबाट दाहालपुत्री रेणु दाहाल मेयर उम्मेद्वार छन्। यहाँ नेपाली कांग्रेस र माअोवादीबीच चुनावी तालमेल छ। तालमेल अनुसार दाहालले उप मेयरमा कांग्रेस उम्मेद्वारलाई मत हाल्नु पर्ने हुन्छ।

    गोप्य मतदान गरेर निस्कने क्रममा पत्रकारले दाहाललाई सोधे ‘भन्न मिल्छ के मा मत हाल्नु भो?’ दाहालले जवाफ फर्काए- ‘यो महत्वपुर्ण विषय हैन, चुनाव उत्साहजनक हुँदैछ, त्यो महत्वको हो।’

    पत्रकारले कांग्रेस चिन्हमा मत हाल्नु भो त? भन्दै प्रश्न गर्दा दाहाल मुस्काएका थिए। उनले त्यसको सोझो जवाफ दिएनन्।

    चितवनको सल्ङकुमा रहेको लक्ष्मी माविको मतदान केन्द्रमा उनले मत खसालेका हुन्। दाहाल शनिवार मतदानका लागि चितवन पुगेका थिए। रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा माअोवादी केन्द्रबाट उम्मेद्वार छिन्। उपमेयरमा कांग्रेस उम्मेद्वार र मेयरमा कांग्रेस उम्मेद्वारलाई मत दिने दुई पार्टीको तालमेल छ।

    (प्रम दाहालले मतदान गरेको यो फाइल तस्बिर हो)

    साभार :- DC Nepal

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture