• Breaking News

    Tuesday, May 16, 2017

    पछिल्लो मतपरिणाम अनुसार एमालेको अग्रता कायमै, दोस्रोमा कांग्रेस

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



     पछिल्लो मतपरिणाम अनुसार एमालेको अग्रता कायमै, दोस्रोमा कांग्रेस

     काठमाडौं। पहिलो चरणको स्थानीय निर्वाचन अन्तर्गत भएको तीन प्रदेशका ३४ जिल्लाको पछिल्लो मतगणना अनुसार एमालेको अग्रता कायमै रहेको छ। 

    एमालेले हालसम्म २४ स्थानमा जित हासिल गरेको छ भने ८५ स्थानमा अग्रता लिएको छ। चार महानगरमध्ये तीन वटा महानगरपालिकामा एमालेले अग्रता लिएको छ। काठमाडौं, भरतपुर र कास्कीको लेखनाथ नगरपालिकामा एमालेले अग्रता लिएको छ। 

    यसैगरी एमालेलाई पच्छाउँदै नेपाली कांग्रेसले २० स्थानमा जित हासिल गरेको छ। यसैगरी कांग्रेसले ७४ स्थानमा अग्रता लिएको छ। कांग्रेसले ललितपुर महानगरपालिकामा अग्रता लिएको छ। 

    यसैगरी माओवादी केन्द्रले १४ स्थानमा विजयी हासिल गर्दै आफूलाई तेस्रो पार्टीको रुपमा कायम राखेको छ। माओवादी केन्द्र ३३ स्थानमा अगाडि रहेको छ। 
    दुई दलबीच एकता भएर पनि राप्रपाले अपेक्षा अनुसार विजयी हासिल गर्न सकेको छैन। राप्रपा केवल दुई स्थानमा मात्र अगाडि रहेको छ। 

    पछिल्लो मतपरिणाम अनुसार काठमाडौं महानगरपालिकामा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्य १०३३ मतसहित अगाडि रहेका छन्। यसैगरी नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशी ८४० मतसहित दोस्रो स्थानमा रहेका छन्। 

    ललिपुर महानगरपालिकामा कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जनले ६१०८प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। एमालेका उम्मेद्वार हरिकृष्ण ब्यञ्जनकारले ५८११ मतसहित दोस्रो स्थामा रहेका छन्।

    यसैगरी भरतपुर महानगरपालिकामा एमाले उम्मेद्वार देवी ज्ञवालीले २५०२ मत सहित अगाडि रहेका छन् भने माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहाल १६५९ मतसहित दोस्रो स्थानमा छिन्। 

    यसैगरी पोखरा महानगरपालिकामा एमाले उम्मेद्वार मानबहादुर जिसी ४८५१ मतसहित पहिलो स्थानमा छन् भने कांग्रेस उम्मेद्वार रामजी कुँवर ४५८९ मतसहित दोस्रो स्थानमा रहेका छन्। 

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture