• Breaking News

    Monday, May 15, 2017

    गर्भवती भएपछि विवाह गर्न बाध्य बलिउडका ५ नायिका

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    गर्भवती भएपछि विवाह गर्न बाध्य बलिउडका ५ नायिका

    महिमा चौधरी

     सन् १९७३ सेप्टेम्बर १३ मा दार्जलिङमा जन्मेकी महिमा चौधरीले सन् १९७७ मा रिलिज भएको निर्देशक सुभाष घईको फिल्म ‘परदेश’ बाट बलिउडमा पाइला टेकेकी थिइन। उनी लगाएत शाहरुख खान, अमरीश पुरी, अपुर्व अग्निहोत्रीको मुख्य भुमिका थियो यो फिल्मामा। उनले यो पहिलो फिल्मबाटै उत्कृष्ट नायिकाको फिल्मफेयर अवार्ड पनि जितेकी थिइन। महिमाको वास्तविक नाम ऋतु चौधरी हो। उनलाई महिमा नाम फिल्मका निर्देशक सुभाष घईले राखिदिएका थिए। महिमा चौधरी बलिउडकी ति नायिका मध्येकी एक हुन जो लामो समयसम्म चर्चाबाट टाढा रहिन। सन् २००६ मा उनले आर्किटेक्ट बबी मुखर्जीसंग विवाह गरेकी थिइन। अहिले भने यी जोडी संगै छैनन्। बबीसंग विवाह गरेको केहि दिनमा नै उनले आफु गर्भवती भएको घोषणा गरेकी थिइन। मिडियामा विवाह पुर्वनै उनी दुइ ज्यानकी भएको चर्चा खुबै चलेको थियो। तर महिमा आफैले भने यो कुरा स्वीकार गरेकी छैनन। महिमा र बबीको ८ वर्षकी एक छोरी छिन्, जसको नाम आर्यना हो।

    ९० को दशकमा महिमा टिभीमा विज्ञापन खेल्थिन। आमिर खान र ऐश्वर्या राय संगै गरेको उनको पेप्सीको विज्ञापन निकै चर्चित बनेको थियो। उनले ‘दाग : द फायर’ (1999), ‘लज्जा’ (2001), ‘धड़कन’ (2000), ‘बागबान’ (2003) र ‘स्यान्डविच’ (2006) जस्ता केही फिल्महरुमा अभिनय गरिसकेकी छिन। उनी अहिले ‘मुम्भाई : द ग्याङस्टर’ को सुटिङमा व्यस्त छिन्।


    श्रीदेवी

      विवाह भन्दा पहिले दुई ज्यानकी हुने नायिकाको सूचीमा श्रीदेवी कपुर पनि पर्छिन। सन् १९९६ मा उनले बोनी कपुरसंग विवाह गरेकी थिइन जुन बखत हुने सात महिनाको गर्भवती थिइन। यो कुरा श्रीदेवी स्वयंमले स्वीकार पनि गरेकी थिइन। 


    सेलिना जेट्ली
    सुन्दरी प्रतियोगिता जितेर बलिउडमा आएकी नायिका सेलिना जेट्ली पनि विवाह भन्दा पहिले नै दुई ज्यानकी भएकी थिइन। सन् २०११ मा पीटर होगसंग विवाह गरेको बखत ८ महिनाको गर्भवती थिइन। उनी पछि जुम्ल्याह बच्चाको आमा बनेकी थिइन।



    अमृता अरोरा
    सन् २००९ मा व्यावसायी शकील लडकसंग अचानक विवाह घोषणा गरेकी अमृता पनि विवाह अगाडी नै दुइ ज्यानकी भइको चर्चा चलेको थियो। विवाह गरेको केही समयमै आमा बन्ने घोषणा गरेपछि उनको यो चर्चा पक्का भएको थियो।


    कोनकोना सेन शर्मा

     सन् २०१० मा नायिका कोनकनाले आफ्नो ब्याएफ्रेन्ड रणवीर शौरीसंग विवाह गरेकी थिइन। विवाहको केही समय पछि नै उनले आमा बन्न लागेको घोषणा गरेकी थिइन। सन २०११ को सुरुवात मै उनको छोराको जन्म भएको थियो। 


    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture