• Breaking News

    Monday, May 15, 2017

    चार महानगरको चुनावी अपडेटः कसको स्थिति के छ ?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     चार महानगरको चुनावी अपडेटः कसको स्थिति के छ ?

     २ जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय चुनावको मतगणना चारवटै महानगरपालिकामा जारी छ । बिहान सात बजेसम्मको नतिजा अनुसार चारवटै महानगरपालिकामा एमालेले अग्रता लिएको छ ।काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य १७२ मतसहित अग्रस्थानमा छन् । उनलाई साझा पार्टीका किशोर थापाले पछ्याइरहेका छन् । थापाले १२० र कांग्रेसका राजुराज जोशीले १११ मत पाएका छन् । विवेकशील नेपालीकी रन्जु दर्शनाको ९१ मत छ ।

    काठमाडौं महानगरपालिकाको उपमेयर पदमा कांग्रेसकी हरिप्रभा खड्गी १५८ सहित अग्रस्थानमा छिन् । राप्रपाका राजाराम श्रेष्ठको १२१, साझा पार्टीकी निरुपमा यादवको ९१ र माओवादी केन्द्रकी सुशीला पौडेलको ११ मत छ ।

    ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यन्जनकारले अग्रता लिएका छन् । व्यन्जनकारले २ हजार ६२५ मत पाएका छन् । उनलाई कांग्रेसका चिरिबाबु महर्जनले २ हजार १७७ मतसहित पछ्याइरहेका छन् । माओवादीका दिनेश महर्जनले ८४७ मत पाएका छन् ।

    कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा पनि एमाले अघि छ । एमालेका मानबहादुर जीसीले १ हजार ६५, कांग्रेसका रामजी कुँवरले ७६७ मत पाएका छन् । संघीय समाजवादीका हुमबहादुर तमुको १९६ र राप्रपाको गिता गुरुङको ८१ मत छ ।

    उपमेयरमा एमालेकी मन्जु गुरुङको १ हजार ५४, कांग्रेसकी सरस्वती गुरुङको ८४६ मत छ । संघीय समाजवादीकी लक्ष्मी परियारले ९२ र राप्रपाका रमेश खत्रीले ८० मत पाएका छन् ।

    चितवनको भरतपुर महानगरपालिकामा १ हजार १७५ मत गणना सकिएको छ र एमाले अघि छ । एमालेका देबी ज्ञवालीले ५३१ र माओवादीकी रेणु दाहालले ४५१ मत पाएकी छन् ।

    उपमेयर पदमा एमालेकी दिव्या शर्मा आचार्यको ४५६ र कांग्रेसकी  पार्वती शाहको ४५४ मत छ ।

    २०७४ जेठ २ गते ७:४४ मा प्रकाशित

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture