• Breaking News

    Monday, May 15, 2017

    यी १० लक्षण भएका मानिसहरु कहिल्यै ब्रत नबस्नुहोस्, कतै तपाइमा पनि यस्तो लक्षण त छैन?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    यी १० लक्षण भएका मानिसहरु कहिल्यै ब्रत नबस्नुहोस्, कतै तपाइमा पनि यस्तो लक्षण त छैन?

     काठमाडौँ । धेरैजसो मानिसहरु हप्तामा एक पटक भएपनि ब्रत बस्ने गर्दछन् । नेपालमा विभिन्न तीथि, चाड वा अन्य विशेष दिनमा मानिसहरु ब्रत बस्छन् । ब्रत बस्दा स्वास्थ्य लाभ पनि हुन्छन् । तर केही रोग वा स्वास्थ्य समस्या भएका मानिसहरुले ब्रत बस्न नहुने डाक्टरको सल्लाह छ । यसो गर्दा समस्यामा थप वृद्धि हुने डाक्टर बताउँछन् ।

    मधुमेहका बिरामी

    मधुमेहका बिरामीका लागि समयमा खाना र औषधी खानु अत्यावश्यक मानिन्छ । यदि यस्ता मानिसहरु ब्रत बस्छन् भने समस्या अझै बढ्न सक्छ ।
    उच्च रक्तचापका बिरामी उच्च रक्तचाप भएका बिरामीले ब्रत राखे उनीहरुको शरिरको प्रक्रिया बिग्रन सक्छ । यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ ।

    मुटु रोगी

    मुटुका रोगीले खानपिनमा धेरै ध्यान दिनुपर्छ । यदि यस्ता रोगी लामो समयसम्म भोको रहन्छन् भने यसले शरिरको कामक्रियामा नराम्रो असर पुर्याउने गर्दछ ।

    मृगौलाका रोगी जसलाई मृगौलाको समस्या छ उनीहरुले ब्रत बस्नुहुँदैन । यसले मृगौला फेल हुने खतरा बढ्ने गर्दछ ।

    रक्तअल्पत्ताका बिरामी जो मानिसहरुमा रगतको कमी छ उनीहरुले ब्रत बस्नु हुँदैन । यसले शरिर कमजोर हुनुका साथै थकान बढाउने गर्दछ ।

    फोक्सोमा समस्या भएका मानिस जसको फोक्सोमा गम्भीर समस्या छ भने त्यस्ता व्यक्तिले ब्रत बस्नुहुँदैन । यसले समस्या अझै बढाउन सक्छ ।

    कलेजोका बिरामी जसलाई कलेजोमा समस्या छ उनीहरुले ब्रत बस्नु हुँदैन । यसले कलेजो बिगार्ने काम गर्दछ ।

    शल्यक्रिया गरेका रोगी शल्यक्रिया गरेका नयाँ रोगीले ब्रत बस्नुहुँदैन । यो क्रममा शरिरलाई भिटामिन र मिनरल्सको अत्यधिक आवश्यकता पर्ने भएकाले समय–समयमा खाना खाइरहनुपर्छ ।

    गर्भवती महिला गर्भवती महिलालाई भिटामिन र मिनरलसको आवश्यकता पर्छ । यदि यस्तो बेला उनी ब्रत बस्छिन् भने महिला र शिशु दुबैमा गम्भीर असर देखापर्न सक्छ ।

    स्तनपान गराउने महिला स्तनपान गराउने महिलाले ब्रत बस्नुहुँदैन । यसले बच्चालाई आवश्यक भिटामिन र मिनरल्स पाउनबाट बञ्चित गराउँछ । यसले बच्चाको विकासमा पनि नराम्रो असर निम्त्याउने गर्दछ ।

    नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture