भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
b
मेरो उमेर २५ वर्ष भयो।मेरो योनिको बाहिरी छाला किन कालो भएको ?तपाईंले योनिलाई भन्नुभएको त पक्कै होइन होला, किनभने योनिद्वार मात्र बाहिरतिर हुन्छ। पक्कै तपाईंले भगोष्ठको कुरा गर्नुभएको हुनुपर्छ। हाम्रो बाहिरी छालाको रङ्ग फरक हुने जस्तै भगक्षेत्र तथा भगोष्ठको रङ्ग पनि फरक-फरक हुन्छ। तपाईंको छालाको रङ्गअनुसार यी फरक-फरक हुन सक्छन्। उदाहरणका लागि प्याजी, रातो, गुलाबी, खैरो वा कालो-कालो र यी सबै सामान्य हुन्। किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले यौनाङ्गमा केही परिवर्तन आउने भएकाले केही गाढा हुन्छ। के कुरा पक्का हो भने यौन उत्तेजना हुँदा उक्त क्षेत्रमा बढी रक्त प्रवाह हुने भएकाले यो बढी गाढा रङ्गको देखिन्छ, तर यौनसम्पर्क गरेका कारण नै यो सधैं कालो हुने होइन। अनुहारको छालाको रङ्ग श्रगार गरेर परिवर्तन गरेजस्तै भगक्षेत्रको रङ्ग परिवर्तन गर्ने एक सजिलो उपाय श्रृङ्गार गर्नु हो, तर अनुहारजस्तो यसलाई देखाएर हिँड्नु नपर्ने भएकाले यसको रङ्ग परिवर्तन गर्नु तथा रङ्गका बारेमा चिन्ता लिनु आवश्यक छैन। शंका लागे चिकित्सकसँग परीक्षण गराउनु बेस नै हुन्छ होला।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment