• Breaking News

    Tuesday, May 9, 2017

    कुबेतबाट आयो खुसिको खबर : मृत्यु दण्ड पाएका नेपालीलाई अब मृत्युुुदण्ड नहुने

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    कुबेतबाट आयो खुसिको खबर : मृत्यु दण्ड पाएका नेपालीलाई अब मृत्युुुदण्ड नहुने

     यस अघि कुुबेतको तल्लो अदालतबाट मृत्युुदण्ड सुुनाईका ३ जना नेपालीको सजाय घटेको छ । लागुु औषधको कारोबार तथा ओसार पसार सम्बन्धि अभियोगमा मुुत्युुदण्ड सुुनाईएका आङलाक्पा सेर्पा, जीबन रानाभाट र पदम गुुरुङको सजाय घटेको प्रधानमन्त्री कार्यालयका वैदेशिक रोजगार विज्ञ शुसिल ढुंगानाले जानकारी दिनुभयो ।

    कुुबेतको तल्लो अदालतले उनीहरु सहित ५ जनालाई मृत्युदण्ड सुनाएको थियो । पुुनराबेदन अदालतको निर्णय अनुुसार आङलाक्पालाई अब चार वर्ष मात्रै कैद सजाय हुने छ । त्यसैगरि जिबन रानाभाट र पदम गुुरुङलाई भने पुुनराबेदन अदालतले मृत्युुदण्डको फैसला बदर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

    मृत्युुदण्ड सुुनाईएकाका परिवारले आफ्नै खर्चमा वकिल राखेर मुुद्धा लड्दै आएका थिए । कुुबेतको तल्लो अदालतको फैसल्ला अनुुसार मृत्युुदण्ड सुुनाईएका तारामान केसीको अदालतमा सुुनुुवाइ भएपनि निर्णय आउन बाँकि छ । तर उनीहरुलाई पनि मृत्युदण्ड नहुने परिवारको आशा छ ।

    मृत्युुदण्ड सुुनाईएका अर्का नेपाली निमा शेर्पाको सजाय घटाउन समेत पहल भैरहेको छ । तर निमाले नेपाली राजदूताबासलाई आफ्नो परिवारको ठेगाना र फोन नंम्बर दिन नमानेको बताइको छ ।

    कुुबेतको जेलमा ८ जना महिला सहित हाल ५९ जना नेपाली रहेका छन । त्यस मध्ये २ जनालाई मृत्युुदण्ड र १५ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । कुुबेतको तल्लो अदालतबाट जन्मकैदको सजाय पाउनेमा एक जना नेपाली महिला पनि छन् । sajhapage

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture