• Breaking News

    Tuesday, May 9, 2017

    गर्मी मौसम अनुकुलको फल काफल किन र के का लागि खाने ? पढेपछी सबै छर्लङ्ग हुने छ सबैलाई जानकारीको लागि सियर गरौ ।

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    गर्मी मौसम अनुकुलको फल काफल किन र के का लागि खाने ? पढेपछी सबै छर्लङ्ग हुने छ सबैलाई जानकारीको लागि सियर गरौ ।


    काफल एक लोकप्रिय पहाडी फल हो । यो गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ । पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ ।
    पहाड तिरका मानिसहरू गर्मी याममा काफलको रूखमा चढेर काफल खानमा तल्लिन रहन्छन् । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । थाहा पाऔ काफलका औषधीय गुणहरू…

    – कर्णशूलमा: काफलको बोक्राको काढा तिलको तेलमा पकाई तेल मात्र रहेपछी चीसो पारेर दुई तीन थोपा तेल कानमा चुहाए कर्णशुल र पीप बग्ने तथा बहिरो हुन खोजेको पनि निको हुन्छ ।

    – अतिसारमा: तीन गर्ाम काफलको बोक्रा र तीन ग्राम बालो बेलको काढा पकाई एक-दुई ग्राम तीन-चार पटक पिए अतिसारमा आराम हुन्छ ।

    – मासिक धर्ममा: कैसर, कालो तिल र पुरानो गुड(शक्कर) र काफलको बोक्रा मिलाई काडा पकाएर पिलाए मासिकधर्म सम्बन्धी कष्ट आराम हुन्छ । यो औषधी खानासाथ अन्य खानेकुरा दिनुपर्छ ।

    – नेत्र रोगमा: काफलको बोक्रा मसिनु पिधेर आँखा रातो भएमा र आँखा बिझाएमा अन्जनजस्तै लगाइदिए लाभ हुन्छ ।– घाऊ-चोटमा: बिग्रेको र चाँडै निको नहुने घाउमाकाफलको बोक्राको धूलो छरिदिए र त्यसैको काढा पकाएर प्रतिदिन धोईदियो भने निको हुन्छ ।

    – नपुंसकतामा: काफलको बोक्राको धुलो भैशीका दूधमा पिँधेर सुत्ने बेलामा मणीको भाग छाडेर लिंगमा लगाई सुत्ने र बिहान ऊठेर धुने । यस प्रक्रिया केही दिनमै यौवन फर्केर आऐ झै हुन्छ । हस्तमैथुन गरेर आएको नपुंसकतामा पनि यसले लाभ गर्छ ।

    – टाउको दुखाईमा: काफलको धूलो पारेर त्यसको नश लिए शिरको पिडा निको हुन्छ ।

    – दममा: काफलका बोक्राको काढा पाँच ग्राम चीनी वा मिश्री मिलाएर पिउनाले खोकी, दम, हृदय रोग, अपच र अरूचीमा पनि लाभ गर्दछ ।

    – पेट दुखेमा: काफलको बोक्रा चार ग्राम मिश्रीको काढासित चार दिन सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि आराम हुन्छ ।

    – दन्त पिडामा: काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गर्ने गरे दाँतको पिडा शान्त हुन्छ । तीन दिनमा विसेक भएन भने नून मिसाएर मञ्जन गर्ने र त्यसको काढा पकाएर मनतातो बनाएर कुल्ला गर्ने गरे लाभ हुन्छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture