• Breaking News

    Wednesday, May 10, 2017

    देवी खड्कालाई पक्राउ गर्ने प्रहरीको तयारी

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    देवी खड्कालाई पक्राउ गर्ने प्रहरीको तयारी

     २७ वैशाख, दोलखा।

    नेकपा माओवादी केन्द्रकी प्रभावशाली नेतृ एवंम् पूर्व सभासद् देवी खड्कालाई पक्राउ गर्ने प्रहरी तयारी गरेको छ।

    देवी खड्का, उनका भाइ विशाल खड्कालगायत दोखला जिल्लाका माओवादी नेताहरुलाई पक्राउ गर्ने प्रहरीले तयारी गरेको हो।

    अञ्चल प्रहरी कार्यालय जनकपुरका एसएसपी सुवास चौधरीको नेतृत्वमा दोलखा घटनाको दोषीलाई पक्राउ गर्न टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ।

    एमालेले आफ्नो कार्यकर्ताको हत्यामा संलग्न देवी खड्कालगायतलाई तत्काल प्रहरीले पक्राउ नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।

     दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति माओवादी केन्द्रर नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको थियो भने करिब आधा दर्जन घाइते भएका थिए।

    गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् ।

    यसैगरी, झडपका क्रममा गौरीशङ्कर गाउँपालिका–२ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । घाइते बुढाथोकीलाई गएराति नै थप उपचारका लागि काठमाडौँ लगिएको छ । घाइते बुढाथोकी स्थानीय नीलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् ।

    दोहोरो झडपमा परी नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षका उम्मेदवार भरत खड्कालगायत कार्यकर्ता घाइते भएका भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ।

    घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीले दोलखाको नाका, रामेछापको नाकालगायतको ठाउँमा कडा निगरानी गरेको छ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture