• Breaking News

    Sunday, May 14, 2017

    दोलखामा तनाव ८ राउण्ड गोलि चल्यो एघार घाइते

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    दोलखामा तनाव ८ राउण्ड गोलि चल्यो एघार घाइते

     चरिकोट : दोलखामा काँग्रेस र एमालेका कार्यकर्ता वीच भडप हुँदा ११ जना घाइते भएका छन । झडपमा काँग्रेसका नौ जना र एमालेका दुई जना घाइते भएका हुन । काँग्रेस र एमालेका कार्यकर्ताको भडपलाई सामान्य बनाउन प्रहरीले आठ राउण्ड गोली चलाएको छ ।

    बैतेश्वर गाउँपालिकाको वडा नम्बर २ मा एमालेका कार्यकर्ताको खुकुरी प्रहारबाट आठ जना काँग्रेस कार्यकर्ता घाइते भएका छन । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि चरिकोटस्थित जिल्ला अस्पताल पुरयाइएको छ ।

     तामाकोशी गाउँपालिका वडा नम्बर २ मा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट काँग्रेस कार्यकर्ता अच्युत कार्की गम्भीर घाइते भएका छन । काँग्रेसका कार्यकर्ताको कुटपिटबाट दुई जना एमाले कार्यकर्ता घाइते भएका छन ।

    तामाकोशी गाउँपालिका वडा नम्बर ५ स्थित सहरेमा प्रहरीले गोली चलाउँदा महिला लिला खडका घाइते भएकी छन । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराका अनुसार तनावलाई नियन्त्रणमा लिन हवाइ फायर गरिएको हो । सहरेमा मतदान स्थगित भएको छ ।

    मतदानलाई पुन सञ्चालनमा ल्याउन मतदान अधिकृत र राजनीतिक दलहरु वीच छलफल भइरहेको छ । दोलखाका अन्य ठाउँमा भने शान्तिपूर्ण मतदान भइरहेको छ । एमाले र माओवादीको वीच झडप भएको जुगुमा पनि शान्तिपूर्ण निर्वाचन भइरहेको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture