• Breaking News

    Thursday, May 11, 2017

    चितवनमा ओलीको बोली : कहिले टाउकाको मोल तोक्छन्, कहिले छोरीलाई टाउकामा बोक्छन्

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    चितवनमा ओलीको बोली : कहिले टाउकाको मोल तोक्छन्, कहिले छोरीलाई टाउकामा बोक्छन्


     बैशाख २८, २०७४ चितवन :

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सरकार धाँधली गर्न उद्धत रहेको आरोप लगाएका छन्। प्रजातान्त्रिक मुल्य मान्यता विपरित धाँधलीका कामहरु भइरहेको उनको दाबी छ। नेकपा (एमाले) भरतपुर महानगर कमिटी चितवनको आयोजनामा नारायणगढमा भएको बृहत आमसभामा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्। ‘जेठ १५ गते बजेट आउने।

    जेठ १५ भन्दापछि चुनाव गर्नुपर्ने. चुनावी बजेट सस्तो बजेट जारी गर्ने। अनि चुनाव गर्ने. यो धाँधली हो की होइन? अध्यक्ष ओलीले भने,’यस्ता प्रकारका धाँधली गर्न सरकार उद्धत छ। चुनावमा निष्पक्षता चाहेका छौं।’ उनले प्रशासन र अदालतलाई सरकारले आतंकमुनि राख्ने प्रयास गरेको आरोप लगाए। उनले ठाउँ-ठाउँमा एमालेका कार्यकर्ता माथि हमला भइरहेको भन्दै दुख व्यक्त गरे। उनले सबै क्षेत्रमा एमालेको नेतृतव भयो भने मात्रै देश समृद्ध बन्ने दाबी गरे। एमाले राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा राष्ट्रिय पहरेदारका रुपमा रहेको उनले बताए। अन्य पाटीहरु मौसम अनुसार जता हावा चल्छ उतै ढल्कने पार्टी भएको उनको आरोप छ।

    माओवादी केन्द्र र कांग्रेसको गठबन्धनप्रति कटाक्ष गर्दै भने,’ म नाम भनिरहन्न तपाई आफैं थाहा पाउनुहुन्छ।कहिले टाउकाको मोल तोक्छन्, कहिले छोरीलाई टाउकोमा बोक्छन्।’ काँग्रेसका कार्यकर्ताहरुको मन रोएको आफूलाई जानकारी रहेको उनले बताए। ‘यतिखेर कांग्रेस कार्यकर्ताहरु बाँदरमुढे सम्झिरहेका छन्। त्यो सानो काजोल खातुन, जसलाई गाडी भित्र जलाएर मारियो, ढोका थुरेर आगो लगाएर मार्नेहरुलाई नै बोक्नुपर्छ काँग्रेसले, यही हो प्रजातन्त्र ?’ ओलीले प्रश्न राखे।

    ओलीले माओवादीमा लडेका कार्यकर्ताहरुलाई बेवास्ता गर्दै प्रधानमन्त्री प्रचन्डले रेणु दाहाललाई उम्मेदवार बनाएको आरोप लगाए। ‘ज्यान हत्केलामा राखेका माओवादी कार्यकर्ताहरु उम्मेदवार छैनन्। अर्काका छोरा छोरी मारेपनि माया नलाग्ने आफ्ना छोरा- छोरी बनाउने,’ उनले भने। कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेता काशिनाथ अधिकारी लगायतको सहभागिता थियो। कार्यक्रम शुरु हुनु अघि भरतपुरको चौविसकोठीबाट एमाले कार्यकर्ताहरुले बाजागाजासहित बृहत र्‍याली निकालेका थिए।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture