भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
सिंगो वार्डबासीले गरे चुनाव बहिष्कार
स्याङजा । स्याङजाको साविक छाङछाङदी गाविसको वार्ड नं ७ का जनताले स्थानीय निर्वाचन बहिष्कार गरेका छन् । यो वार्डका एक जनाले पनि स्थानीय निर्वाचनमा मत हालेनन् । यहाँका जनताले सल्लाह नै गरेर मतदान नगरेका हुन् । स्थानीय तहको सीमांकनको विषयलाई लिएर यहाँका जनताले चुनाव बहिष्कार गरेका हुन् ।
पुनर्संरचनाअघि यहाँका जनताले आफ्नो वार्डलाई वालिङ नगरपालिकामा गाभ्न माग गरेका थिए । नेताहरुले पनि यहाँका जनताको कुरामा सहमति जनाएका थिए । तर, अन्तिम समयमा वालिङमा नभइ भीरकोट नगरपालिकामा समायोजन गरिएपछि यहाँका जनता रुष्ट बनेका हुन् । यहाँको भीरकोट–४ को दौठाटी माविमा रहेको मतदान केन्द्रमा साविक छाङछाङदी–७ का १ सय ७ जनाको मत खसेन । यहाँ मतदान गर्न आएका मतदाताले दिउँसै मतदान सकेपनि बाँकी मतदाता आउँछन् कि भनेर कर्मचारीले ५ बजेसम्म पर्खिएका थिए । तर, ५ बजेसम्म कोही पनि नआएपछि मतदान कार्यक्रम बन्द गरियो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment