• Breaking News

    Sunday, May 14, 2017

    पहिलो चरणको मतदान सकियो, के सोँच्दैछन् मधेशी नेता ?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    पहिलो चरणको मतदान सकियो, के सोँच्दैछन् मधेशी नेता ?

     काठमाडौ वैशाख ३१– पहिलो चरणको चुनावमा भाग लिएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आइतबार दिनभरि मधेशमा पार्टी प्रवेश कार्यक्रममा व्यस्त रहे भने चुनावमा भाग नलिएका राष्ट्रिय जनता पार्टीका अध्यक्षहरु काठमाडौमै बसे ।

    पहिलो चरणको चुनावमा भाग लिएर मधेशी जनतालाई धोका दिएको आरोप लागिरहेको बेलादेखि उपेन्द्र यादव अधिकाँश समय मधेशमा बिताउन थालेका छन् भने राजपाका नेताहरु पार्टी गठन भए यता अधिकाँश नेताहरु काठमाडौ छाडेका छैनन् ।

    सविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने घोषणा गरेका राजपा नेपालका नेताहरु चुनावको बारेमा के सोचिरहेका छन् ? काठमाडौ तथा काठमाडौ बाहिर रहेका केही नेताहरुलाई हामीले सम्पर्क गरेका थियौं ।  पहिलो चरणको चुनाव सम्पन्न भएपछि त्यसको प्रभाव मधेशमा कस्तो पर्ला ? सविधान संशोधन भएपनि नभएपनि चुनाव जान्छ कि जाँदैन भनि हामीले जिज्ञासा राखेका थियौं ।

    काठमाडौमा रहेका राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले हिमाल पहाडमा चुनाव भएपनि मधेशमा त्यसले कुनै प्रभाव नपार्ने बताए । उनले सविधान संशोधन नभएसम्म आफूहरु कुनै पनि हालतमा चुनावमा भाग नलिने प्रतिकृया दिँदै भने, हिमाल, पहाडको कुनै माग छैन, त्यता आन्दोलन पनि भएको छैन, त्यही भएर चाहिएकाबेला निर्वाचन गराउन सफल भयो तर मधेशमा गाह्रो छ ।’

    मधेशको समस्या समाधान गरि एकैपटक चुनाव गरौं आफूहरुले भनेको तर सरकारले जवर्जस्ती चुनाव गराएको आरोप उनले लगाए । उनले भने– ‘हामी पनि पहाडमा चुनाव लड्थ्यौं तर राज्यले जानी जानी बन्चित गरेको छ, अब मधेशमा पनि चुनावबाट बन्चित गराउने सोच उनीहरुको छ तर मधेशमा त्यो सम्भव छैन ।’

    यत्रो समयसम्म स्थानीय निर्वाचन नहुँदा केही विग्रेन एक दुई वर्ष अझै भएन भने केही हुँदैन भनि मधेशी जनताले भनिरहेको बताउँदै अध्यक्ष महतोले मधेशको समस्या समाधान नभएसम्म कुनै पनि हालतमा चुनाव हुन नदिने बताए । पहाडमा चुनाव गराएर त्यसको प्रभावमा मधेशमा पनि चुनाव गराई हाल्ने कुरा यदि सरकारले सोचेको छ भने त्यो गलत सोचाई हो, उनले भने ।

    राजपा अध्यक्ष मण्डलका अर्का सदस्य अनिलकुमार झाले पहाडको चुनावले मधेशमा कुनै प्रभाव नपार्ने प्रतिक्रिया दिए । उनले पहाडमा कुनै आन्दोलन थिएन, त्यही भएर चाहिएको बेला चुनाव गराउन सक्यो तर मधेशमा त्यो अवस्था छैन, त्यहाँको माग पूरा नगरे चुनाव नहुने बताए ।

    मधेशमा यस्ता जमात पनि छन्, जसले चुनाव चाहेका छन्, उनीहरु काँग्रेस, माओवादी र एमालेका कार्यकर्ता हुन्, उनीहरुले चुनाव चाहन्छन् नै तर जसले आन्दोलन गरे रगत बगाए उनीहरु चुनाव चाहेका छैनन्, सविधान संशोधन नभएसम्म चुनाव नभए उनीहरुलाई केही फरक पर्दैन ।

    आफ्नो गृहजिल्ला बारामा पार्टी एकता सम्मेलनमा व्यस्त रहेका राजपा नेपालका महासचिव जितेन्द्र सोनलले पहिलो चरणको चुनावको बारेमा मधेशमा मिश्रित प्रतिकृया आएको बताए । कतिपयले पहाडमा चुनाव भइसकियो अब यहाँ पनि चुनाव गराउनुपर्छ भनिरहेको र कतिपयले राज्यले चुनावमा पनि भेदभाव गरेकाले अब अधिकार प्राप्त नभएसम्म मधेशमा चुनाव हुन नदिने भनिरहेको उनले बताए ।

    राज्यले एउटै नेपालीसँग दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै उनले एउटा राष्ट्रियता र पहिचान भएको चुनाव गरायो तर जहाँ समस्या छ त्यसलाई जस्ताको त्यस्तै छाडेको बताए ।

    यो चुनावले गर्दा जनतामा मनोवैज्ञानिक फाँटो ल्याएको छ, उनले भने, अब त प्रष्ट छ कि राज्यले तराई मधेशको जनतालाई फरक ढंगले हेरेको छ । एक दुई महिना चुनावलाई रोकेर मधेशको समस्या समाधान गरेको भए, पहाड खस्दैन्थ्यो, सविधान निर्माणको समयमा राज्यले जस्तो हतार गर्यो त्यस्तै हतार अहिले गरेको छ, कलान्तरमा यसको परिणाम राम्रो हुँदैन ।’

    सप्तरीमा रहेका राजपाका केन्द्रीय सदस्य बीपी यादवले स्थानीय जनताको चाहना चुनावमा जाने रहेको बताए । उनले भने–‘मधेशका अधिकाँश जनता चुनाव होस् र म चुनावमा उम्मेदवारी दिएर भाग लिउ भनि आन्तरिक चाहना रहेको पाइयो, किनभने काँग्रेस र एमालेमा मधेसी आफ्नो स्तरबाट गाउँ गाउँमा चुनावी माहोल बनाइरहेको छ र कतिपय ठाउँमा उम्मेदवारी पनि घोषणा गरेको छ ।’

    ‘पहाडमा चुनाव हुनु थियो भने यसमा न आफूहरुको समर्थन छ न विरोध तर यसैगरि मधेशमा चुनाव गराउने प्रयास गर्यो भने त्यसलाई राजपाले स्वीकार गर्दैन,’ उनले भने, ‘आज भएको चुनावले नेपाली नेपालीबीचमा मनोवज्ञानिक विभाजन ल्याएको छ, यसले मधेशी जनताको निकै चित्त दुखेको छ ।’ मधेशी जनताको चाहना मधेशको समस्या समाधान गरेर एकैचरणमा चुनाव होस् भन्ने रहे पनि त्यसो हुन नसकेको उनले बताए ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture