• Breaking News

    Thursday, May 4, 2017

    नेपाली सेनाले पायो नयाँ जिम्मा : सेनालाई फास्ट ट्र्याक निर्माणको जिम्मा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    नेपाली सेनाले पायो नयाँ जिम्मा : सेनालाई फास्ट ट्र्याक निर्माणको जिम्मा  

     काठमाडौं— सरकारले काठमाडौं—निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। ‘नेपाली सेनालाई फास्ट ट्र्याक निर्माणका लागि सैद्धान्तिक सहमति दिइएको छ’, विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले नागरिकन्युजसँग भने, ‘यसको विधि र प्रक्रियाबारे भौतिक योजना मन्त्रालयले छुट्टै कार्यविधि बनाएर मन्त्रिपरिषदमा पेश गर्नेछ।’

    तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा फास्ट ट्र्याक निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने योजना थियो । तर, चौतफी विरोध भएपछि सरकार यो योजनाबाट पछि हटेको छ ।

    केपी ओली नेतृत्वको अघिल्लो र प्रचण्ड नेतृत्वको वर्तमान दुबै सरकारले फास्ट ट्र्याक नेपाल आफैंले बनाउने बताएको छ । प्रचण्ड सरकारले योजना आयोगका उपाध्यक्षको नेतृत्वमा बनाएको कार्यदलले पनि फास्ट ट्र्याक नेपाल आफैंले बनाउनु पर्ने राय सरकारलाई दिएको थियो ।

    तर, भारतले अझै पनि यो आयोजनामा आफ्नो चासो देखाउन छाडेको छैन । हालै मात्र नेपालका लागि भारतका नवनियुक्त राजदूत मञ्जीव सिंह पुरीले फास्ट ट्र्याकमा चासो व्यक्त गरेका थिए ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture