भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
एको दुई वर्ष नपुग्दै भुइँचालोपीडितका लागि दुईवटा र घरबारबिहिन मुसहर समुदायका लागि एउटा बस्ती बनाएर ख्याति कमाएका हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ की सासु तथा कुन्जना घिमिरे ‘सुन्तली’की आमा सीतादेवी घिमिरेले ललितपुरको गोदावरी नगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दिएकी छन्।
माओवादी केन्द्रका तर्फबाट उनले उम्मेदवारी दिएकी हुन्। पहिलो संविधानसभाको निर्वाचनताका एमाले निकट रहेकी सीता दोस्रो संविधानसभाताका माओवादीमा प्रवेश गरेकी थिइन्। हाल हास्य कार्यक्रमको सिलसिलामा धुर्मुससँगै जापानमा रहेकी सुन्तलीले आमालाई विजयको शुभकामना दिइन्।
‘हाम्रो र आमाको अभियान विल्कुलै फरक छ,’ भाइबर कुराकानीमा कुन्जनाले सेतोपाटीसँग भनिन्, ‘हामी शुभचिन्तकसँग आमाका लागि भोट दिन आग्रह गर्छौं तर प्रचारका लागि हिँड्दैनौं। हामी कुनै पार्टी विशेषले भन्दा पनि राम्रो उमेदवारको जित होस् भन्ने चाहन्छौं। भोलि आमाले जितेको खण्डमा हाम्रो सहयोग र समर्थन रहनेछ।’ @सेतोपाटी
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment