• Breaking News

    Wednesday, May 10, 2017

    स,साना कुरा पनि झ्वाट्टै भुलिहाल्नुहुन्छ? दिमाग तिखो पार्न खानु पर्ने खानेकुराहरु के के हुन् त?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    स,साना कुरा पनि झ्वाट्टै भुलिहाल्नुहुन्छ? दिमाग तिखो पार्न खानु पर्ने खानेकुराहरु के के हुन् त?


     के तपाइँले प्रायः स,साना कुरा पनि झ्वाट्टै भुलिहाल्नुहुन्छ? महत्वपूर्ण कुरा समेत भुसुक्कै बिर्सने बानी छ ? जो मानिस बढि भुलक्कड हुन्छन् उनीहरु भुलेको कुरा सम्झीए सँगै किन यस्तो कुरा भुलेँहोला भनेर झनै बढि तनावमा रहन्छन् ।

    वैज्ञानिकहरुले यस्तो बढि भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताएका छन् । हामीले यहाँ यस्ता केही खानेकुराको सूचि पेश गरेका छौँ जसको नाम नै ब्रेन फूड छ । यी खानेकुरा खानाले मानिसलाई अल्जाइमरको जोखिम नहुने मात्र होइन मस्तिष्कको क्षमता र स्मरण शक्ति समेत बढ्छ ।

    १, गोलभेँडा – गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

    २, ओखर- जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।

    ३,स्ट्रबरी-यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

    ४, दही- दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।

    ५, जाइफल- जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्ष्ितकलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ ।

    ६, तुलसी- मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २(३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

    ७,अलैँचीमा -प्रसस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

    ८,चिया, कफी, बेसार, दालचिनी तथा मरिचको नियमित सेवन समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture