• Breaking News

    Wednesday, May 10, 2017

    देवीलाई छल्न खोज्दा सुपादेउरालीमा लाहुरे पहरोमा टाँसियो

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    देवीलाई छल्न खोज्दा सुपादेउरालीमा लाहुरे पहरोमा टाँसियो


     गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत साँघुरो सडककिनारमा अवस्थित रहे पनि सुपादेउराली मन्दिरको महिमा ठूलो छ । चारैतर्फ अग्लाअग्ला पहाड, हरियालीयुक्त शान्त र चिसो वातावरणमा रहेको यो मन्दिर सम्पूर्णका लागि धार्मिक स्थल बनेको छ ।

    इतिहासमा उल्लेख भएअनुसार वि.स. १९१६ मा बाइसे–चौबीसे राज्यअन्तर्गत खाँचीकोटका राजकुमार र बलरामपुरको राजकुमारीबीच विवाह सम्पन्न भएको थियो। यसरी विवाह सम्पन्न भएपछि अर्घाखाँची जिल्लाकै सीतापुर मसानदेवी भन्ने ठाउँमा विवाह भोज सम्पन्न हुने क्रममा दुवैतर्फका मान्छेहरू जुटेका थिए। कुराकानीको प्रसङ्गमा खाँचीकोटका राजाले बलरामपुरकी राजकुमारीलाई झुक्याएर विवाह गरेको र दुलहीलाई जात मिलेन भन्ने विवाद उत्पन्न भयो।विवाद उत्पन्न भए पनि दुलहीलाई डोलीमा बोकेर राजकुमारको घरतर्फ लिएर जाने क्रममा यो स्थानमा एउटा रगतको थोपा चुहिएछ। के भयो भनी फर्केर हेर्दा दुलही अर्थात् राजकुमारी मृत अवस्थामा भेटिइन्। त्यसपछि खाँचीकोट राज्यमा रोगव्याधि व्यापक बन्दै गयो। यसै क्रममा एकजना खनाल थरका बाहुन आई धामीझाँक्री कवल्दा देवीको रूपमा राजकुमारी प्रकट भएको किम्बदन्ती छ ।

    रगतको थोपा चुहिएको स्थानमा देवीको पूजाआजा सम्पन्न गरेपछि सम्पूर्ण रोगव्याध हट्यो र ठकुरी, कब्दार अनि खड्काले वैशाख पूर्णिमामा कुलपूजा र बलिदान सुरु गरे। मुलुकी ऐनअनुसार, वैशाखेपूर्णिमा अर्थात् बुद्धजयन्तीका दिन बलिपूजा गर्न नपाइने भने पनि यसै दिन ठकुरी, कब्दार र खड्काको कुलपूजा पर्ने कारण उनीहरूलाई छुट दिएको कुरा मन्दिर समिति बुझिएको छ।

    उक्त दिन कम्तीमा ४० बोका चढ्छन्। सुरुका दिनहरूमा वर्षको १ पटक अर्थात् वैशाखेपूर्णिमाका दिन मात्रै पूजा गरिने यो स्थानमा २०४० सालमा जिल्लाकै बाबुराम रायमाझीले सामान्य मन्दिर निर्माण गर्नुभयो । त्यसपछि मन्दिर संरक्षणका लागि समिति बन्यो र दैनिक पूजा सुरु हुन लाग्यो। परम् पुजनीय गुरु श्री नरनारायण बाबा आश्रम सेवा संस्थाको सहयोगमा ०६४ मङ्सिर ८ गते यो मन्दिर पुनर्निर्माणका लागि शिलान्यास भई ०६५ भदौ २३ गते प्राचीन शैलीमा ऐतिहासिक मन्दिर सम्पन्न भएको थियो।

    यसरी सम्पन्न गर्ने क्रममा परम् पुजनीय गुरु श्री नरनारायण बाबा आश्रम सेवा संस्थाले रु १ करोड २५ लाख र मन्दिरको तर्फबाट १५ लाख खर्च गरिएको थियो। सुरुवातदेखि नै दैनिक १ हजार भक्तजन यो मन्दिरमा दर्शन गर्न आउँछन् र दैनिक एक हजारदेखि पाँच हजारसम्म नगद आम्दानी हुने गर्दछ ।

    गोरुसिङ्गे–सन्धिखर्क चल्ने कुनै पनि सवारीका गाडीहरू यो मन्दिरमा भेटी नचढाईकन अगाडि बढ्दैनन, अनि दाङ, कपिलवस्तु, प्युठान, बुटवल, पाल्पा र बाजुरावाट पनि मान्छेहरू यो मन्दिरमा दर्शन गर्न आउने गर्दछन्। आफू अप्ठ्यारोमा परेको समय वा मनोकामना पूरा गर्नु छ भने यो मन्दिरलाई सम्भ्किएमा वा भक्कल गरेमा पूरा हुने कुरामा सम्पूर्ण जिल्लावासी विश्वस्त छन् र अर्घाखाँचीको ४२ वटै गाविसका अधिकांश टोलटोलमा यो मन्दिरका शाखाहरू निर्माण गरिएको छ। सुपादेउराली मन्दिरमा २०४० सालदेखि नियमित पूजा सुरु गरिसकेपछि श्री आदर्शमा बी खाँचीकोट र शान्ति निमावि सीतापुर गरी दुईवटा विद्यालय सञ्चालन गरेको छ ।

    यो मन्दिरमा सङ्कलन गरिएको रकमबाट दुईवटा विद्यालयको अलावा आर्थिक विपन्नता भएकालाई आर्थिक सहायता, छात्रवृत्ति, वृद्धहरूलाई सम्मान, सीतापुर र खाँचीकोट गाविसलाई खानेपानी, बिजुली, टेलिफोन, स्वास्थ्यचौकीमा सहयोग र्पुयाउनुका साथै टेलिफोन टावरलाई आर्थिक सहयोगसमेत गरेको मन्दिर समितिको भनाइ छ। सुपादेउराली मन्दिरभित्र नवदुर्गा, महाकाली, महालक्ष्मी, महासरस्वती, शिवजी, गणेश, पाञ्चायन देवता, सिद्ध, झाँक्रीलगायतका थुप्रै मूर्तिहरू छन्। सुपादेउराली मन्दिरमा भक्कल गरिसकेपछि ढिलाइ गरे पनि भुल्नुहुँदैन भन्ने ठूलो विश्वास यहाँ रहेको छ ।

    सुरुवातमा अहिलेको मोरटबाटोभन्दा तल खोलाको किनारबाट गोरेटो बाटो थियो। एकजना बाटो हिँड्ने युवकले ‘देवी म लाहुरे सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक आउँदा एकतोला सुन चढाउनेछु,’ भनी भाकल ग¥यो र ऊ भर्ती पनि भयो । केही समयपछि लाहुरे छुट्टीमा फर्कियो। लाहुरेले सुन ल्याउन भुलेछ र बाटो छलेर जान लाग्दा लाहुरेलाई भित्तामा टाँसेको कुरा किंबदन्तीमा उल्लेख छ । लाहुरे टाँसिएको स्थान अर्थात् पहरामा नियालेर हेर्ने हो भने लाहुरेको नक्सा र उसले बोकेको ब्यागहरू छर्लङ्ग देख्न सकिने कारण पनि यो स्थानको महत्व र चर्चा बढ्दै गएको हो।

    दैनिक २० देखि २५ वटा पाठा र पाठी अनि कम्तीमा २० जोडी परेवा यो मन्दिरमा चढ्ने गर्दछन् । औंसी, पूर्णिमा, श्राद्ध, श्रावण र माघ महिना, अष्ट तृतीया, जन्माष्टमी, रामनवमी र एकादशीमा यो मन्दिरमा बलि पूजा गरिन्न। सुपादेउराली मन्दिर र लाहुरे टाँसेको स्थानले मात्रै लोकप्रिय बनेको यो स्थानभन्दा करिब १ आधा घन्टा पैदल यात्रा गर्ने हो भने शिवजीले ३ पानेमा नुहाउने स्थान, बाघको रूप धारण गरी घाम ताप्ने गरेका मूर्तिहरू अनि शिवजीले होमन र यज्ञ गरेका स्थानहरू देख्न सकिन्छ।

    त्यसैगरी सुपादेउराली मन्दिरभन्दा करिब आधा घन्टा टाढा अर्थात् खाँचीकोट गाविस ९ मा द्वापरयुगमा सीताजीले पारेका तितौरा र खाना पकाउने चुलो देख्न सकिन्छ। शिवजी र सीताजी बसोबास गरेका यी स्थान राज्य पक्षले समयमै संरक्षण र सदुपयोग गर्ने हो भने यस क्षेत्रले मनग्य रूपमा पर्यटक भित्र्याउन सक्नेछ .।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture