• Breaking News

    Monday, May 8, 2017

    चुनावको मुखमा आइपुग्दा भयो तिन दलको यस्तो सहमति

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     चुनावको मुखमा आइपुग्दा भयो तिन दलको यस्तो सहमति

     काठमाडौं । प्रमुख तीन दलका नेताहअरु पहिलो चरणको निर्वाचनको मत गणना तत्काले गर्न सहमति भएका छन् । बैशाख ३१ मा हुने पहिलो चरणको चुनावको मत गणना दोस्रो चरणको मतदान सकिएपछि जेठ ३१ पछाडिमात्रै गर्नुपर्ने आवाज उठिरहेको थियो । तर, आइतबार बालुवाटारमा भएको प्रचण्ड, केपी ओली र शेरबहादुर देउवावीचको छलफलमा तीनै नेताहरु तत्काल मतगणना गर्न सहमत भएका हुन् ।

    त्यसै गरी तीन नेताहरु आगामी वर्षको वजेट जेठ १५ मै ल्याउन सहमत भएका छन् । तर, उक्त बजेट कामचलाउ मात्रै ल्याइने र त्यसले चुनावलाई प्रभाव पार्न नहुनेमा नेताहरु सहमत भएका छन् । जेठ १५ मै बजेट ल्याएपछि दोस्रो चरणको चुनाव जेठ ३१ मै गर्न एमालेले पनि सहमति जनाएको छ । तर, अब दोस्रो चरणको निर्वाचनका लागि वातावरण बनाउन संविधान संशोधन गरेर मधेसी दललाई पनि चुनावमा ल्याउनुपर्ने हुन्छ । यसमा चाँहि एमालेले संविधान संशोधनमा समर्थन गर्न नसकिने पुरानो अडान यथावतै राखेको छ ।

    आइतबार बालुवाटारमा भएको छलफलमा पनि एमाले अध्यक्ष ओलीले संविधान संशोधनमा समर्थन नगर्ने बताएका थिए ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture