• Breaking News

    Monday, May 8, 2017

    निर्वाचन कडाइः सुरक्षाकर्मीलाई अनुमति नलिइ गोली हान्ने अधिकार

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    निर्वाचन कडाइः सुरक्षाकर्मीलाई अनुमति नलिइ गोली हान्ने अधिकार 

    काठमाडौं, २५ बैशाख, यही ३१ बैशाखमा हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रलाई सुरक्षित राख्न सुरक्षाकर्मीलाई अनुमति नलिइ गोली हान्नेसम्मको अधिकार दिइएको छ ।

    सुरक्षामा सानो हतियार (पेस्तोल)सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् ।

    मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिइ गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।

    पहिलो चरणमा निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाको दुई सय ८३ स्थानीय तहका लागि निर्वाचन आयोगले १८ हजार बुथ तय गरेको छ ।

    यी प्रत्येक बुथमा म्यादी, प्रहरी, सशस्त्र र सेनाले सुरक्षा दिनेछन् ।

    केन्द्रीय सुरक्षा समितिले निर्वाचन हुने तहहरुलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा विभाजन गरेको छ ।

    Source :- aajakokhabar.com

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture