• Breaking News

    Wednesday, May 10, 2017

    दोलखा घटनापछि प्रहरीमा खैलाबैला, हेडक्वार्टरले पठायो घटनास्थलमा छुट्टाछुट्टै तीन टोली

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    दोलखा घटनापछि प्रहरीमा खैलाबैला, हेडक्वार्टरले पठायो घटनास्थलमा छुट्टाछुट्टै तीन टोली

     काठमाडौं, बैशाख २७– गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको दाबी गरिरहेको बेला दुई पक्षीय झडपमा दोलखामा एमाले कार्यकर्ताको मृत्यु नै भएपछि सुरक्षा क्षेत्रमा हंगामा मच्चिएको छ ।
    गएराती दोलखाका गौरीशंकर गाउँपालिका–१ जुँगुमा एमाले र माओवादी कार्यकर्ताबीचको झडपमा एमाले कार्यकर्ताको ज्यान गएको थियो । झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् ।
    उनको मृत्यु भएसँगै राजनीतिमा तरंग पैदा भएसँगै प्रहरी हेडक्वार्टरले घटनालाई गम्भीर रुपमा लिँदै तीन छुट्टाछुट्टै टोली घटनास्थलतर्फ पठाएको छ ।
    प्रहरी महानिरीक्षक प्रकाश अर्यालको विशेष चासो र सक्रियतामा प्रहरी हेडक्वार्टका डिएसपी, राष्ट्रिय अनुसन्धान विभागका एसएसपी शेरबहादुर बस्नेत र जनकपुर अञ्चल प्रहरी कार्यालयका एसएसपी सुवास चौधरीको कमाण्डमा छुट्टाछुट्टै टोली घटनास्थलतर्फ पठाएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले रातोपाटीलाई जानकारी गराए ।
    तीन छुट्टछुट्टै टोलीले घटनास्थलमा पुगेर सत्यतथ्य छानबिन सुरु गर्ने बताइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालयले पनि घटनाबारे छानबिन गरिरहेको छ ।

    प्रहरी प्रवक्ता खनालले दोलखा घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको भन्दै त्यसको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गरिने बताए । यस्तै निर्वाचनमा सुरक्षाको प्रत्याभूति गराउन पनि प्रहरी प्रतिबद्ध रहेको बताए ।
    उनले भने–चुनावमा कतैपनि जनता असुरक्षित छन् भन्ने सन्देश नजाओस् भनेर हामी सजक छौं । सकभर घटना हुन दिँदैनौं । भइहाले पनि निश्पिक्ष छानबिन गर्छौ ।’
    प्रहरीले घटनामा संलग्नमाथि कारबाही गरेरै छाड्ने भन्दै संयमित हुन समेत अपिल गरेको छ ।
    चुनाव प्रचारका क्रममा माओवादी कार्यकर्ताको टोलीमाथि एमाले कार्यकर्ताले ढुङ्गामुढासहित आक्रमण गरेपछि दोहोरो झडप भएको थियो । घटना गएराति करिब साढे ९ बजे भएको हो ।

    जुँगुमा केही दिनयता ‘टाइगर गुरुप’को नामबाट स्थानीय मतदाता तथा अन्य राजनीतिक दलका कार्यकर्तालाई धम्की दिने, चुनावी प्रचारको अभियानमा अवरोध गर्ने लगायतका गतिविधि बढेपछि सो समूहसँग आबद्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई समेत उजुरी परेको थियो ।

    त्यस विषयमा प्रहरीले आवश्यक कारबाही गर्नुअगावै माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच ज्यानै जाने गरी झडप भएको हो ।
    मृतक तामाङ टाइगर गुरुपसँग आबद्ध भएको बताइएको छ ।
    यद्यपि नेकपा एमाले दोलखाका नेताहरुले भने माओवादीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरी ज्यान लिएको दाबी गरेको छ । घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture