भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
बुद्ध जयन्तीको दिन लहानमा बन्यो रगतको आहाल !
सिरहा, बैशाख २७ – आज अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्ती । तर, आजकै दिन सिरहाको लहान नपा १७ स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिइएको छ ।
प्रत्येक बर्ष उभौलि पुर्णिमा अर्थात बुद्ध जयन्तीका दिन राजदेवीमा मेला लाग्ने गरेको छ । मेलामा हजारौ भक्तजनहरु आफ्नो मनोकाक्षा पुरा हुने विश्वासमा बोकाको बलि चढाउने गर्दछन् ।
यो बर्षमात्रै करिव २० हजारको हाराहारीमा बलि दिइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिर व्यवसथापन समितिका अध्यक्ष अगमलाल चौधरीका अनुसार बर्षेनी बलि चढाउनेको संख्या बढ्दै गएको छ ।
बर्षेनी भक्तजनको संख्या बढ्दै गएपछि सोहि अनुपातमा बलि पुर्जिको रकम,सुनचाँन्दी र चढाएको नगद पनि बढदै गएको बताइन्छ । अघिल्लो वर्ष मात्रै यो मेलामा १७ लाख भन्दा बढी आम्दानी भएको सरोकारवालाहरुले बताएका छन् ।
राजदेवी मनिदरमा बलि चढाउन नेपालका सप्तरी सिराहा, महोत्तरीबाहेक भारतको विहार सम्मबाट समेत मानिसहरु आउने गरेका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |





No comments:
Post a Comment