भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
डेली मेल
बैशाख २६ – सगरमाथा चढेबापत् नेपाल सरकारलाई बुझाउनुपर्ने ११ लाख रुपैयाँ (८ हजार ५ सय पाउन्ड) तिर्नुपर्ने डरले एक पर्वतारोही गुफाभित्र लुकेका छन् ।
नेपालका अधिकारीले दक्षिण अफ्रिकाका रेयान सिन डेभी २० हजार फिट माथिको गुफामा लुकिरहेको अवस्थामा भेटेपटि यस विषयमा पर्दाफास भएको हो ।
उनलाई त्यहाँबाट ओर्लन आदेश दिइएको छ भने उनको पासपोर्ट जफत गरी १७ हजार पाउन्ड ( २२ लाख रुपैयाँ) जरिवाना तोकिएको अधिकारीले बताएका छन् ।पर्यटकले सगरमाथा आरोहण गर्नका लागि नेपाल सरकारलाई ११ हजार डलर तिर्नुपर्ने हुन्छ ।
सरकारका सम्पर्क अधिकारी ज्ञानेन्द्र श्रेष्ठले भने, ‘मैले उनलाई बेस क्याम्पमा एक्लै बसिरहेको देखें । के भएको रहेछ भनेर उनी भएको ठाउँ जाँदा उनी मलाई देखेर भागे ।’
‘म र मेरा साथीले उनको पिछा लाग्यौं र उनी नजिकैको गुफामा लुकेर बसेको थाहा पायौं ।’‘कसैले पनि नदेखोस् भनेर उनले कोही पनि नजाने स्थानमा एक क्याम्प बनाएका थिए । ’
डेभीलाई नेपाल प्रवेशमा पाँच वर्षको रोक लाग्न सक्छ अथवा देशभित्र कुनै पनि पर्वतारोहणमा १० वर्षको प्रतिबन्ध लाग्न सक्छ ।
आफूलाई निर्माता र निर्देशकको रुपमा चिनाउने डेभीले ६ घण्टाभित्र २३ हजार फिटमाथि पुगेको बताए ।
उनले पासपोर्ट लिनका लागि सगरमाथा क्षेत्रबाट काठमाडौंसम्मको यात्रा गर्नका लागि पैसा नभएको अधिकारीलाई बताएका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |



No comments:
Post a Comment