• Breaking News

    Tuesday, May 9, 2017

    बच्चालाई स्तनपान गराइरहेकी महिलालाई भनियो, ‘आफ्नो स्तन ढाक’: महिलाको जवाफ भयो भाइरल

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    बच्चालाई स्तनपान गराइरहेकी महिलालाई भनियो, ‘आफ्नो स्तन ढाक’: महिलाको जवाफ भयो भाइरल

     एजेन्सी

    बैशाख २६ – साना बच्चासँग यात्रा गर्नु वा कतै नजानु दुबै मुश्किलको कुरा हो । बच्चालाई जुनसुकै समयमा जहाँ पनि भोक लाग्न सक्छ । यस्तोमा आमाले आफ्नो बच्चालाई भोको देख्न सक्दिनन् र कसैको पर्वाह नगरी स्तनपान गराउनु आफ्नो प्राथमिकता सम्झने गर्दछन् ।

    स्तनपानमाथि गरियो आपत्तिः


     जर्जियाकी २८ वर्षीया एबर्डी लेनेको दुई महिनाको बच्चा भोकले रुन थाल्यो । एबर्डीले कसैको पर्वाह नगरी मिलिट्री लेनको एचआर ब्लकमा बच्चालाई स्तनपान गराउन सुरु गरिन् तर यो कुरा उनको म्यानेजरलाई मन परेन र यसमा आपत्ति जनाए ।


     भने, ‘रुमालले आफ्नो स्तन ढाक’

    म्यानेजरले स्तनपान गराइरहेकी एबर्डीको नजिकै गएर उनलाई आफ्नो स्तन ढाक्न सुझाए । म्यानेजरले यस्तो कुरा गरेको सुनेर उनी अचम्मित भइन् । म्यानेजरले उनलाई ‘कि त रुमालले वा कुनै अन्य कुराले आफ्नो स्तन ढाक नभए यहाँबाट उठेर जाउ’ भने ।


     महिलाले दिइन् अचम्म पारिदिने जवाफः

    एबर्डी म्यानेजरको यो कुराले निकै आहात भइन् तर उनले यसको तगडा जवाफ दिइन् । उनको जवाफ सुनेर त्यहाँ उपस्थित हरेक व्यक्ति चुपचाप लागे । महिलाले म्यानेजरको अगाडि एउटा कपडा राख्दै चाहेको खण्डमा यसले मुख छोप्ने सल्लाह दिइन् । एबर्डीले भनिन्, ‘यदि तपार्ईंलाई मैले स्तनपान गराउँदा यति धेरै समस्या भइरहेको छ भने यसले (कपडा देखाउँदै ) आफ्नो अनुहार ढाक्नुहोस् ।’


     फेसबुक पोष्ट भयो भाइरलः

    महिलाले यसको उजुरी मिलिट्रि पुलिसलाई पनि दिइन् । महिलाको उजुरीमा पुलिसले म्यानेजरलाई ‘स्तनपान गराएकै कारण त्यहाँबाट निस्किएर जाउ भन्न मिल्दैनथ्यो’ भनी सम्झाए । महिलाले आफ्नो फेसबुक पोष्टमार्फत यो घटनाको जानकारी दिइन्  । महिलाको फेसबुक पोष्ट सोेसल मिडिउामा भाइरल भयो ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture