• Breaking News

    Saturday, May 6, 2017

    अमेरिकाले किम जोङ उनको हत्या गर्ने योजना बनाएको उत्तरकोरियाको दाबी

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    अमेरिकाले किम जोङ उनको हत्या गर्ने योजना बनाएको उत्तरकोरियाको दाबी

     अमेरिकी र दक्षिण कोरियाली एजेन्टहरूले उत्तर कोरियाली नेता किम जोङ उनको हत्या गर्ने षड्यन्त्र बुनिरहेको उत्तर कोरियाले दाबी गरेको छ । अमेरिका र उत्तर कोरियाबीचको तनाब चुलिएकै वेला शुक्रबार उत्तर कोरियाले सो दाबी गरेको आजको नयाँ पत्रिकाले खवर छापेको छ ।

    अमेरिकाले आतंककारी समूह पठायो
    कोरियाली नेताको हत्या गर्न अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सिआइए) र दक्षिण कोरियाली गुप्तचर निकायको सहयोगमा ‘अतिवादीको एउटा समूह’ उत्तर कोरिया छिरिसकेको उत्तर कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । नेता उनलाई जैविक र रासायनिक हमला गर्ने षड्यन्त्र भएको पनि सो मन्त्रालयले जनाएको छ ।

    अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोङ उनमाथि रासायनिक र जैविक आक्रमणको प्रयास गरिरहेको उत्तर कोरियाको दाबी
    उत्तर कोरियाले ती अतिवादीको खोजी गरी चाँडै हत्या गरिदिने मन्त्रालयले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समस्या समाधान गर्न उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्ने बताइरहेका वेला प्योङयाङले अमेरिका र दक्षिण कोरियामाथि गम्भीर आरोप लगाएको छ । प्योङयाङले आणविक कार्यक्रम रोक्ने प्रतिबद्धता जनाए ट्रम्पले उपयुक्त समयमा कोरियाली नेतालाई भेट्न सक्ने बताएका थिए ।

    सूक्ष्म विष
    उत्तर कोरियाली समाचार संस्था केसिएनएनले पनि एक विज्ञप्ति जारी गर्दै सिआइए र दक्षिण कोरियाको गुप्तचरी सेवाले उत्तर कोरियाका सर्वोच्च नेताको निर्मम हत्या षड्यन्त्र बुनेको आरोप लगाएको छ । नेता उनलाई रेडियोविकिरण र सानो ‘विषालु पदार्थ’लगायत जैविक र रासायनिक चिजको प्रयोग गरी हत्या प्रयासको षड्यन्त्र भइरहेको जनाएको छ । सो विषको प्रभाव ६ महिनादेखि एक वर्षसम्म देखिने जनाइएको छ ।

    षड्यन्त्रपूर्ण हमला निस्तेज हुन्छ
    आफ्ना नेतामाथि हुने जुनसुकै हत्या प्रयासलाई निस्तेज पार्ने प्योङयाङले जनाएको छ । ‘अमेरिकी र दक्षिण कोरियाली गुप्तचर निकायको षड्यन्त्रलाई विफल पार्न आजकै दिनदेखि कोरियाली शैलीको हमला सुरु हुनेछ,’ मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

    अमेरिकाले आफ्ना शत्रु देशका नेतालाई यसअघि पनि रासायनिक आक्रमणको प्रयास गरेको थियो । ल्याटिन अमेरिकी मुलुक क्युबाका फिडेल क्यास्ट्रोमाथि दर्जनौँपटक रासायनिक हमलाको प्रयास भएको थियो । अमेरिकाले क्यास्ट्रोले पिउने चुरोटदेखि लगाउने ट्र्याकसुटसम्म रासायनिक र जैविक हमलाको प्रयास गरेको थियो ।

    कोरियाली नेताको हत्या गर्न एउटा समूह उत्तर कोरिया प्रवेश गरिसकेको र सो समूहले नेता किम जोङ घुम्ने क्षेत्रमा गुप्तचरी गरेको उत्तर कोरियाली रक्षा मन्त्रालयको दाबी
    बढ्दो तनाव
    उत्तर कोरियाले छैटौँ आणविक परीक्षणको धम्की दिएपछि अमेरिका र प्योङयाङबीचको तनाब बढेको छ । शनिबार मात्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र हमला विफल भएको थियो । अमेरिकाले एक महिनादेखि कोरियाली प्रायद्वीपमा युद्धपोत विमान परिचालन गरेको छ । उत्तर कोरियाका आणविक हमला निस्तेज गर्न अमेरिकाले दक्षिण कोरियामा एन्टिमिसाइल रक्षा प्रणाली (थाड) जडान गरेको छ ।

    उत्तर कोरियाले अमेरिकालाई आक्रमण गर्न सक्ने क्षेप्यास्त्र निर्माण गरिरहेको दक्षिण कोरियाले अनुमान गरेको छ । उत्तरले जुनसुकै बेला अमेरिकालाई निशाना बनाउने आशंकमा वासिंगटनले थाडलाई संचालनमा ल्याएको पनि दक्षिण कोरियाले विश्लेषण गरेको छ ।

    हत्या गर्न तीन लाख डलर
    उत्तर कोरियाली रक्षा मन्त्रालयका अनुसार नेता उनमाथि षड्यन्त्र गर्न किम नाम गरेका एक उत्तर कोरियाली नागरिकलाई नै प्रयोग गरिएको छ । उनलाई रसियामा काम गर्ने क्रममा दक्षिण कोरियाली गुप्तचर निकायका अधिकारीले भेट गरी ठूलो प्रलोभन देखाएको मन्त्रालयको दाबी छ । कोरियाली नेताको हत्याका लागि किमलाई तीन लाख डलर रकमको प्रलोभन देखाइएको थियो ।

    किमसँग कोरियाली नेता नियमितजसो उपस्थित हुने स्थान र उनलाई आक्रमण गर्न सकिने सम्भाव्य विधिबारे अमेरिकी अधिकारीले विस्तृत विवरण मागेका थिए । त्यस्तै, फुर्सदको समयमा नेता उन घुम्न जाने ठाँउ र उनको रुचिबारे पनि अमेरिकी अधिकारीले सोधपुछ गरेका थिए ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture