• Breaking News

    Saturday, May 6, 2017

    एमाले अध्यक्ष अोलीको तस्बिर बिगारेर कुप्रचार, प्रहरी र आयोगमा कारवाही माग

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    एमाले अध्यक्ष अोलीको तस्बिर बिगारेर कुप्रचार, प्रहरी र आयोगमा कारवाही माग

     

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता तथा आयुक्त मोहना अन्सारीले एमाले अध्यक्ष अोलीको तस्बिर बिगारेर गरिएको कुप्रचारप्रति आपत्ति जनाउँदै कारवाही माग गरेकी छन्।

    अन्सारीले प्रहरी हेडक्वाटर र राष्ट्रिय मानवअधिकार आयोगको ट्विटर मेन्सन गरेर यस्तो कुप्रचार गर्नेलाई कारवाही गर्न आग्रह गरेकी छन्।
    ‘यस्ता गतिबिधि विरूद्ध कारवाही होस्, यस्ता हर्कतमा क्षमा दिन मिल्दैन’ भन्दै उनले प्रहरी र आयोगसमक्ष आग्रह गरेकी छन्।

    झुत्रेझाम्रे कपडा लागाएको जिउमा एमाले अध्यक्ष अोलीको टाउको जोडेर कांग्रेसको टोपी र हातमा माअोवादीको झण्डा बोकेको बनाएर ट्विटरमा पोष्ट गरिएकोप्रति उनले कारवाही माग गरेकी हुन्।

    सामाजिक सञ्जालमा यस्ता गतिबिधि अनियन्त्रित ढंगले बढिरहेका छन्।

     

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture