भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
अज्ञात समूहको आक्रमणबाट कलाकार परियारको मृत्यु
३१ बैशाख, तनहुँ । व्यास १ भादगाउँ स्थित छालाकारखाना नजिक अज्ञात समूहको आक्रमणमा परि कलाकार विक्रम परियारको मृत्यु भएको छ ।
आज साँझ आक्रमणबाट घाइते भएका परियारलाई उपचारका लागि दमौली स्थित रत्नहरी अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याएपछि परियारलाई डाक्टरले मृत घोषणा गरेका थिए । मृतक परियारको टाउकोमा गम्भीर चोट लागेको छ ।
धारिलो हतियारले आक्रमण गरिएको अनुमान गरिएको छ । कलाकार परियार स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि दमौली पुगेका थिए ।
सोही घटनामा देउनारायण श्रेष्ठ समेत घाइते भएका छन् । घाइते श्रेष्ठलाई थप उपचारका लागि पोखरा लगिएको छ । सो घटनाको विषयमा विस्तृत विवरण नआएको प्रहरीले जनाएको छ । आक्रमणकारीहरुको खोजी कार्य भईरहेको प्रहरी निरिक्षक विजयराज पण्डितले बताए ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment