भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
काठमाडौं महानगरको मतपेटिका राष्ट्रिय सभागृहमा ल्याइयो
काठमाडौं, वैशाख ३१– स्थानीय तह निर्वाचनअन्र्तगत पहिलो चरणमा भएको काठमाडौंको मतदानपछि मतपेटिका राष्ट्रिय सभागृहमा ओसारिएका छन् । मतदान सम्पन्न भएपछि काठमाडौं महानगरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका राष्ट्रिय सभागृहमा ओसारिएको हो ।
नेपाल प्रहरीले प्रयोग गरेको बस, ट्रक तथा भ्यानमा मतपेटिका ओसारिएको हो । अधिकांश मतपेटिका सभागृहमा केन्द्रित गरिसकिएको छ । महानगरका सबै मतपेटिका केन्द्रित गरिएपछि आइतबार बेलुकाबाट नै मतगणना शुुरु गरिने बताइएको छ ।
निर्वाचन अधिकृतहरुले उम्मदवारहरुसँग छलफल गरेपछि मतगणना कतिबेलादेखि शुरु गर्ने निश्चित हुनेछ ।
स्थानीय तह निर्वाचन अन्र्तगत आइतबार प्रदेश ३ ,४ र ६ मा बिहान ७ बजेदेखि मतदान भएको हो । मतदानका लागि बिहान ७ बजे देखि सांझ ५ बजे सम्मको समय दिइएको थियो । अन्य ठाउँका मतपेटिकाहरु पनि सिलबन्दी गरी मतगणना गर्ने स्थलहरुमा पुर्याउने काम भइरहेको छ ।
आइतबार ३ वटा प्रदेशका ४ महानगरपालिका, १ वटा उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउपालिका प्रतिनिधि, नगरप्रमुख र वडा अध्यक्ष गरी २ सय ८१ र सोही संख्यामा उपप्रमुख वा उपाध्यक्ष चयनका लागि मतदान भएको हो । पहिलो चरणमा तीन वटै प्रदेशबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि चुनिनेछन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |




No comments:
Post a Comment